ताजा समाचार

विमान दुर्घटना हुँदा कम्तीमा १६ जनाले ज्यान गुमाए

नेप्लिज संवाददाता २४ आश्विन २०७८, आईतवार १९:२१ (1 हप्ता अघि)    २६० जनाले पढ़िसके

काठमाडौं । रुसमा एउटा सानो विमान दुर्घटनामा परेको छ।

प्रारम्भिक विवरणहरूका अनुसार घटनामा कम्तीमा १६ जनाको ज्यान गएको विभिन्न संचारमाध्यमले जनाएका छन् ।

रुसी सरकारी समाचार संस्था टासका अनुसार मस्कोबाट झन्डै १,००० किलोमिटर पूर्वमा रहेको टेटारस्थानमा भएको उक्त घटना भएको हो।

उक्त विमानमा सवार ६ वा ७ जनाको उद्धार गरिएको र गम्भीर घाइते भएका उनीहरूलाई अस्पताल पुर्‍याइएको बताइएको छ।

दुर्घटनामा परेको विमान एउटा स्थानीय फ्लाइङ्ग क्लबको रहेको जनाइएको छ। उक्त विमान उडेको केही समयमै दुर्घटनामा परेको बीबीसीले जनाएको छ ।

यसैबीच, पाकिस्तानको ‘परमाणु बमका पिता’ का रूपमा सम्मानित अब्दुल कदीर खानको निधन भएको छ । उनी ८५ बर्षका थिए ।

उनलाई कोभिड–१९ सङ्क्रमणपछि स्वास्थ्यमा आएका समस्याको उपचारका लागि इस्लामावादस्थित एक अस्पताल भर्ना गरिएको थियो । उनको उपचारका क्रममा निधन भएको पाकिस्तानी अधिकारीहरूले आइतबार पुष्टि गरेका छन् ।

पाकिस्तानी परमाणु वैज्ञानिकलाई आफ्नो देशलाई विश्वकै पहिलो इस्लामिक आणविक शक्तिमा परिणत गरेकोमा राष्ट्रिय नायकको रूपमा सम्मान गरिएको थियो । यद्यपि पश्चिमा मुलुकहरूले उनलाई हेर्ने फरक आँखाले हेर्ने गरेका पाइन्छ ।

फोक्सोको समस्याले गर्दा इस्लामाबादको केआरएल अस्पतालमा सारिएपछि उहाँको मृत्यु भएको पाकिस्तानको राज्यद्वारा सञ्चालित राष्ट्रिय प्रसारक पीटिभीले पुष्टि गरेको छ ।

खानलाई अगस्तमा कोभिद–१९ सँगै त्यही अस्पतालमा भर्ना गरिएको थियो तर केही हप्ताअघि उहाँ घर फर्किन सक्ने बताएपछि घर लगिएको थियो । उनको स्वास्थ्यमा पुन स्वासप्रस्वासम्बन्धी समस्या देखिएपछि सोही अस्पतालमा लगिएको थियो ।

पाकिस्तानका राष्ट्रपति आरिफ अल्भीले एक ट्वीटमा भनेका छन्,“‘डा. अब्दुल कादिर खानको निधनको खबरले आफू निकै दुःखी भएको बताए । सन् १९८२ देखि नजिकबाट चिनेदेखि नै मैले उहाँप्रति व्यक्तिगत रूपमा तथा पाकिस्तानी राष्ट्रपतिका हैसियतले उच्च सम्मान गर्दै आएको थिएँ ।”

“उनले हामीलाई राष्ट्रको प्रतिरक्षा प्रणाली मजबुत पार्न आणविक प्रणालीको विकास गर्न मदत गरेका थिए । राष्ट्रले उनको सेवा कहिल्यै बिर्सनेछैनन् ।”

खानले परमाणु क्षेत्रमा राष्ट्रलाई आर्क–राइभल भारतसँग मिलाएर आफ्नो सुरक्षालाई ‘अजेय’ बनाएकोमा प्रशंसा गरिएको थियो । इरान, लिबिया र उत्तर कोरियासँग अवैध रूपमा आणविक प्रविधि बाँडेको आरोप लागेका कारण उनको योगदान र उचाइ छायाँमा परेको बताउने गरिएको छ ।

खानलाई सन् २००४ मा राजधानी इस्लामाबादमा तीन देशहरूमा प्रसार सञ्जाल चलाएको स्वीकार गरेपछि घरमा नै कडा नजरबन्दमा राखिएको थियो ।

सन् २००६ मा खानलाई प्रोस्टेट क्यान्सर भएको थियो तर शल्यक्रियापछि उनलाई उक्त समस्या निको भएको थियो । पाकिस्तानी अदालतले उनलाई नजरबन्दबाट रिहा गर्न आदेश दिएपछि फेब्रुअरी २००९ मा उहाँले खुला हिँडडुलका लागि अनुमति पाएका थिए ।


प्रतिक्रिया दिनुहोस