ताजा समाचार

किसान ह–त्या प्रकरणमा गृह राज्यमन्त्रीका छोरा नै यसरी समातिए !

नेप्लिज संवाददाता २४ आश्विन २०७८, आईतवार ०९:३७ (1 हप्ता अघि)    १६९ जनाले पढ़िसके

काठमाडौं । भारत केन्द्रीय सरकारका गृह राज्यमन्त्री अजय मिश्राको छोरालाई प्रहरीले समातेको छ ।

उत्तर प्रदेशको लखिमपुर खिरीका किसानहरुलाई गाडीले कुल्चिएर ह–त्या गरेको अभियोगमा उनलाई समातिएको हो ।

गृह राज्यमन्त्री मिश्राको छोरा आशिषलाई प्रहरीले पक्राउ गरेको भारतका विभिन्न संचारमाध्यमले जनाएका छन् ।

शनिबार प्रहरीले उनीसँग १२ घण्टासम्म सोधपुछ गरेको थियो । घटनाबारे सोधपुछ गर्ने क्रममा आशिषले सहयोग नगरेको र उत्तर दिनबाट पन्छिन खोजेकोले उनलाई न्यायिक हिरासतमा पठाइएको डिआईजी उपेन्द्र अग्रवालले बताएका छन् ।

आशिष मिश्रा लखिमपुर खिरीको तिकुनिया किसान ह–त्याकाण्डका मुख्य आरोपी हुन् ।

सरकारले ल्याएको एक कानुनविरुद्ध लामो समयदेखि आन्दोलनरत किसानको र्‍यालीमा सहभागीलाई पछाडिबाट कारले ठक्कर दिएर ह–त्या गरेको आरोप उनीमाथि लागेको छ ।

३ अक्टुबरको यो घटनामा चार जना किसानहरुको ज्यान गएको थियो । त्यसपछि भड्किएको हिं–सामा परी दुई जना भाजपाका कार्यकर्ता, एकजना आशिष मिश्राको गाडी चालक र एक जना स्थानीय पत्रकारसमेतको ज्यान गएको थियो ।

 


प्रतिक्रिया दिनुहोस