ताजा समाचार

राजेश हमाललाई ‘महानायक’ भन्न नचाहने शोभित बस्नेतले उनै हमाललाई भेटेर के भने ?

नेप्लिज संवाददाता २२ आश्विन २०७८, शुक्रबार १०:३९ (1 हप्ता अघि)    १८८ जनाले पढ़िसके

काठमाडौं । केही समयलेखि राजेश हमाललाई ‘महानायक’ भन्ने या नभन्नेबारे विवाद सतहमा आएका छन् ।

नेपाली चलचित्र क्षेत्रका केहीले चिलचित्र क्षेत्रमा राजेश हमालको योगदान ठूलो रहेको र उनी क्षमतावान रहेकोले उनैलाई महानायक भन्नुपर्ने बताउँछन् ।

तर, यस क्षेत्रका कतिपयले भने राजेश हमाललाई संधै महानायक मान्न नसकिने भन्दै चर्चा र विवादमा आइरहेका छन् ।

नायक राजेश हमाललाई ‘महानायक’ नमान्ने चलचित्रकर्मीमा शोभित बस्नेत पनि एक हुन् ।

उनले बारम्बार यसबारे आलोचना गर्दै हमाललाई ‘महानायक’ मान्न नसकिने बताउँदै आएका छन् । आफू निर्देशित ३१ औं चलचित्र ‘डाँडाको वर पीपल’को कार्यक्रममा पनि शोभितले हमालको आलोचना नै गरे ।

तर, यो आलोचना उनका लागि भारी पर्यो । शोभितले चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा भने राजेश हमाल नै ‘महानायक’ भएको भन्दै माफी मागे ।

उनै, शोभित र राजेश हमालविच भेट भएको छ । भेटका क्रममा शोभितले हमाल नै ‘महानायक’ भएको बताएका थिए ।

नायक हमालले भने शोभितलाई चलचित्र क्षेत्रमा कति बर्ष बिताउनुभयो भनेर सोधेका थिए । शोभितले २६ बर्ष भयो भनेपछि हमालले आफूले ३१ बर्ष यो क्षेत्रमा बिताइसकेको जवाफ दिएका थिए ।

हमालसँगको भेटबारे शोभितले भने–‘उहाँले मलाई हामीले यो क्षेत्रमा यति लामो समय बिताइसकेका छौं । किन यो बिषयमा बहस गरेर बसेका हौं भनेर भन्नुभयो । अब, हामीले गरेका कामको चर्चा गर्नुपर्छ भन्ने कुरा गरेपछि म पनि सहमत भएँ ।’

राजेशले यो क्षेत्रमा लामो समय बिताइसकेकाले अब आफूहरुको काम र योगदानको बिषयमा कुरा गर्नुपर्ने बताएका थिए ।

अब म राजेश हमाललाई ‘महानायक’, भुवन केसीलाई ‘सुपरस्टार’ र शिव श्रेष्ठलाई ‘यूग नायक’ भन्छु’ शोभितले भने ।


प्रतिक्रिया दिनुहोस