ताजा समाचार

सुनको भाउ फेरि बढ्यो, कति पुग्यो ?

नेप्लिज संवाददाता २१ आश्विन २०७८, बिहीबार १२:३६ (2 हप्ता अघि)    १६५ जनाले पढ़िसके

काठमाडौं ।  बिहीबार सुनचाँदीको भाउ फेरि बढेको छ । बुधबारको तुलनामा आज बिहीबार सुन तोलामा ५०० रुपैयाँले र चाँदी तोलामा १० रुपैयाँले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बढेको मूल्य अनुसार आज छापावाला सुन प्रतितोला ९० हजार ४०० रुपैयाँ रहेको छ ।

आज चाँदीको मूल्य प्रतितोला १ हजार १७० रुपैयाँ कायम छ ।

गत बुधबार सुन प्रतितोला ८९ हजार ९०० रुपैयाँमा र चाँदी एक हजार १६० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज यता तेजाबी सुनको मूल्य समेत तोलामा ५०० रुपैयाँले नै बढेर ८९ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

के हो सुन ?

सुन एक धातु हो जसको ल्याटिनमा चिन्ह Au रहेको छ यसलाई भन्दा अउरम(Aurum) वा छोटकरिमा Au पनि लेखिन्छ। यो एक (रासायनिक तत्व हो। यसको परमाणु संख्या ७९ हो।

सुनको विश्वव्यापी मान्यताको कारण भनेको यो बहुमुल्य धातु हो र यसलाई सुखको गहना र दुःखको खजना भन्ने भनाई पनि हाम्रो समुदायमा प्रचलित छ जसका कारण सुनको महत्त्वलाई टेको दिन सकेको छ ।

नेपाली मौलिक गहनाहरूमा सुनको अत्याधिक प्रयोग हुने गरेकाले पनि नेपालमा सुनको महत्त्वमा बृद्धि भएको हो ।

विकशित मुलुकहरूमा आधुनिक मेसिनहरुद्धारा कम तौलमा सुनका गहना तयार गर्ने गरिए पनि नेपालमा त्यो नरहेको र अझै पनि नेपाली मौलिक गहनाहरु बढी मात्रामा चल्ने गरेकोले सुनको खपत नेपालमा अत्याधिक हुने गरेको छ ।


प्रतिक्रिया दिनुहोस