ताजा समाचार

विहानै शक्तिशाली भू’कम्प, कम्तीमा २० जनाको ज्यान गयो, थप विवरण आउन बाँकी

नेप्लिज संवाददाता २१ आश्विन २०७८, बिहीबार ०८:२२ (2 हप्ता अघि)    २४२ जनाले पढ़िसके

काठमाडौं । पाकिस्तानमा शक्तिशाली भूक’म्प जाँदा २० जनाको ज्यान गएको छ ।

बिहीबार बिहानै बलुचिस्तान प्रान्त केन्द्र’विन्दु भएर भूकम्प गएको स्थानीय अधिकारीले बताएका छन् । उद्धारकर्मीहरुले ज्यान गुमाउनेको संख्या बढ्न सक्ने बताएका छन् ।

सामाजिक सञ्जालमा पोस्ट भएका तस्बिर तथा भिडियोमा क्वेटा शहरमा मानिसहरु सडकमा निस्किएको देखिएको छ ।

५.७ रेक्टर स्केलको भूकम्प गएको प्रारम्भिक तथ्यांक छ । भूकुम्पका कारण भत्किएको भवनमा च्यापिएर मानिसहरुको ज्यान गएको हो ।

भूकम्पमा परी अरु ५० जना भन्दा बढी घाइते भएको जिओ टेलिभिजनले जनाएको छ ।

क्वेटा शहरदेखि १७० किलोमिटर टाढा हरनाई भन्ने स्थानमा भूक’म्पको केन्द्रविन्दु रहेको बताइएको छ । भूक’म्प’बाट भएको क्षति विस्तृत विवरण आउन बाँकी छ ।

 


प्रतिक्रिया दिनुहोस