ताजा समाचार

३३ किलो सुन प्रकरणमा सबै प्रहरीलाई किन दिइयो उन्मुक्ति ? कारण यस्तो !

नेप्लिज संवाददाता १९ आश्विन २०७८, मंगलवार १६:३४ (2 हप्ता अघि)    १७९ जनाले पढ़िसके

काठमाडौं । चार वर्ष पहिले साढे ३३ किलो सुनकाण्ड प्रकरणमा मुछिएका ७७ प्रतिवादी मध्ये सबै प्रहरीले सफाइ पाएका छन् ।

८ जनालाई जेल सजाय भएको छ भने फरारको सूचीमा रहेका २१ जनाको मुद्दा मुल्तवीमा राखिएको छ ।

सफाइ पाउने प्रहरीहरूमा पूर्वएआईजी गोविन्दप्रसाद निरौला, हाल डीआईजी रहेका तत्कालीन एसएसपी दिवेश लोहनी, एसएसपी श्यामबहादुर खत्री र एसपी विकासराज खनालसमेत छन् ।

त्यसैगरी सुन काण्डमा मुछिएका डीएसपी सञ्जय राउत, प्रजित केसी, सई बालकृष्ण सञ्जेल, हवल्दार अमरबहादुर थापा मगर र जवान विष्णु खड्काले पनि अदालतबाट सफाइ पाएका छन् ।

मंगलबार मोरङ जिल्ला अदालतले गरेको फैसला अनुसार उनीहरु सबैजनाले सफाइ पाएका हुन् । ७७ प्रतिवादीमध्ये चूडामणि उप्रेती ९गोरे० सहित ८ जनालाई दोषी ठहर गरेको सुनकाण्डबारे मंगलबार फैसला सुनाउँदै जिल्ला अदालत मोरङले जनाएको छ ।

फरार रहेका २१ जनाको मुद्दा मुल्तबीमा राखिएको छ । प्रहरीसहित ४८ जनाले सफाइ पाएका छन् । सुन तस्करी एवं सनम शाक्यको ह–त्या अभियोगमा अदालतले ६ जनालाई जन्मकैदको सजाय सुनाएको छ ।

जन्मकैद हुनेमा चूडामणि उप्रेती गोरे, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारी छन् । युएईबाट ९ माघ २०७४ मा नेपाल आएको साढे ३३ किलो सुन त्रिभुवन विमानस्थलबाटै गायब भएको थियो ।

हराएको सुन खोज्ने क्रममा चूडामणि उप्रेती गोरेको समूहले मोरङ, उर्लाबारीमा यातना दिँदा भरिया सनम शाक्यको हत्या भएको थियो ।


प्रतिक्रिया दिनुहोस