ताजा समाचार

३३ किलो सुन तस्करी प्रकरणमा अदालतले दियो यस्तो आदेश, गोरेसहित यी ६ जनालाई जन्मकैद !

नेप्लिज संवाददाता १९ आश्विन २०७८, मंगलवार १५:२१ (2 हप्ता अघि)    १०५३ जनाले पढ़िसके

काठमाडौं । ३३ किलो सुन तस्करी प्रकरणमा भरिया सनम शाक्यको ह–त्यामा संलग्न ८ जना दोषी ठहर भएका छन् । जिल्ला अदालत मोरङले मोरङका सनम शाक्य ह–त्या प्रकरणमा ६ जनालाई जन्म कैदको सजाय तोकेको छ ।

ह–त्यामा जन्मकैद पाउनेमा गोरे भनिने चुडामणि उप्रेती, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले नरेन्द्र कार्की र भोजराज भण्डारी छन् ।

थप दुई जनालाई तीन वर्ष र ६ महीना कैद सजाय सुनाइएको छ । फरार रहेका २१ जनाको मुद्दा मुल्तबीमा राखिएको छ । अपहरण तथा शरीर बन्धकमा पनि गोरे मात्र दोषी ठहर भएका छन् । अन्यले सफाइ पाएका छन् ।

जिल्ला न्यायाधीश भरत लम्सालको एकल इजलासले ६ जनालाई जन्मकैदको सजाय सुनाएको अदालतका श्रेस्तेदार टिकेन्द्र वीरजंग राणाले जानकारी दिए।

भिभुवन विमानस्थलबाट काठमाडौं भित्र्याएर साढे ३३ किलो सुन गायब पारिएको थियो । पक्राउ परेकाविरुद्ध संगठित र ज्यान मुद्दा लगाइएको थियो । सुन तस्करीसँगै भरिया सनम शाक्यको हत्यामा संलग्नता ठहर गर्दै उनीहरूविरुद्ध ज्यान मुद्दा लगाइएको थियो ।

तर, छानबिन समितिले केही एयरलाइन्समा कार्यरत तल्लो तहका केही कर्मचारी तथा प्रहरीलाई मात्रै निसाना बनाएर कमजोर अनुसन्धान गरेको प्रहरीले जनाएको थियो ।

तस्करले पहिलो चरणमा भन्सार कार्यालयका कर्मचारीसँग सेटिङ मिलाएपछि एयरलाइन्सका कर्मचारीसँग मिलेमतो गर्छन् । तेस्रो लेयरमा उनीहरूको सेटिङ प्रहरीसँग हुन्छ, सँगसँगै अध्यागमनका कर्मचारी र गुप्तचरसँग पनि हुन्छ । विमानस्थलमा खटिएका गुप्तचरसँग भने तस्कर प्रत्यक्ष रूपमा देखिँदैनन् ।

भन्सार र अध्यागमनका कर्मचारीमार्फत सेटिङ मिलाउँछन् । विमानस्थलमा सेटिङअनुसार मान्छे तयार भएपछि मात्रै तस्करले जहाजमार्फत सामान पठाउँछ ।

प्याक गरिएको लगेजको फोटो पनि खिचेर भाइबर, इमो वा फेसबुकमार्फत् भन्सार र एयरलाइन्सका कर्मचारीलाई पठाउँछ । एयरलाइन्सका कर्मचारीमार्फत् उक्त फोटो सम्बन्धित जहाजको लोडरसम्म पुग्छ ।

सोही फोटोका आधारमा तस्करीको सामग्री पहिचान हुन्छ । लोडरले अन्य सामानसँगै यो लगेज पनि गाडीमा लोड गर्छ र भन्सार चेकजाँच कक्षमा लैजान्छ ।

भन्सारको चेक जाँच कक्षमा एक्सरे मेसिन हुन्छ । सामान्यतः जहाजबाट आएका सम्पूर्ण सामग्री सोही एक्सरे मेसिनमा एक–एक गर्दै चेकजाँच गरिन्छ र ग्रिन बेल्टमा पढाइन्छ ।

तर, तस्करले पठाएको सामान सकेसम्म एक्सरे मेसिनमा राखिन्न । राखे पनि चेकजाँच गर्नेले नदेखेझैँ गरिदिन्छ । किनभने तस्करले भन्सारका कर्मचारीमार्फत् उक्त सामग्रीकोे फोटो पहिले नै चेक जाँच गर्ने व्यक्तिसम्म पु¥याइसकेको हुन्छ ।

यसरी तस्करीका सामान सजिलै ग्रिन बेल्टबाट पास गराइन्छ र केही घन्टामै कलंकी पुग्छ । रातारात विरगन्ज हुँदै भारत पुग्छ ।


प्रतिक्रिया दिनुहोस