ताजा समाचार

दुई वर्षपछि फेसबुकमा यस्तो प्रलय, यो तहको समस्या पहिलोपटक !

नेप्लिज संवाददाता १९ आश्विन २०७८, मंगलवार ०६:३२ (2 हप्ता अघि)    २१४ जनाले पढ़िसके

काठमाडौं । सामाजिक सञ्जाल फेसबुक र यसका अन्य दुई भातृ सामाजिक सञ्जालहरु इन्स्टाग्राम र ह्वाट्स एप सोमबार बेलुकी नेपाली समयअनुसार करिब साढे नौ बजेदेखि ठप्प भएका छन् ।

संसारभरि अर्बौँ प्रयोगकर्ता रहेको फेसबुब र यसका दुई भातृ सामाजिक सञ्जालहरु ठप्प भएको तर अहिले सबै चल्न थालेको संचालक मार्क जुकर्वगले एक स्टाटसमार्फत बताएका छन् ।

विभिन्न फोरमहरुमा हजारौँ हजार प्रयोगकर्ताहरुले यी सामाजिक सञ्जालका एप्स नचलेको बताएका छन्।

प्रयोगकर्ताहरुले पेजमा ‘इरर’ देखेको प्रतिक्रिया दिइरहेका छन्।

फेसबुक यो तहमा डाउन भएको सम्भवतः पहिलोपटक हो। यसअघि २०१९ मा भएको यस्तै प्राविधिक त्रुटिका कारण फेसबुक केही समय बन्द भएको थियो।

२०१९ मा भर्जमा प्रकाशित डकुमेन्टअनुसार फेसबुकका प्रमुख कार्यकारी मार्क जुगरबर्गले त्यसबेला भएको प्राविधिक त्रुटिलाई ‘बिग डिल’ भनेका थिए।

संसारभरिका सञ्चारमाध्यमहरुले फेसबुकको यो प्राविधिक कमजोरीलाई ब्रेकिङ समाचार भनेर पस्किरहेका छन्।


प्रतिक्रिया दिनुहोस