ताजा समाचार

झोलुङ्गे पुलको टुप्पोमा योग गर्ने धनगढीकी यी महिला को हुन् ?

नेप्लिज संवाददाता १७ आश्विन २०७८, आईतवार १२:३१ (2 हप्ता अघि)    ३९६ जनाले पढ़िसके

धनगढी । भीमदत्त नगरपालिका ६ ऐठपुर घर भएकी एक महिला झोलुङ्गे पुलको टुप्पोमा योगा गरिरहेको अवस्थामा फेला परेकी छिन् ।

टावरमा बसेर उनी सूर्य नमस्कारलगायत विभिन्न आसनमा योग गरिरहेकी थिइन् ।

भीमदत्त नगरपालिका ६ ऐठपुर घर भएकी ती महिलाको माइत दोधारा चाँदनी नगरपालिका ५ कुमैयाखेडा हो । यस पटक उनी चाँदनीतर्फको तेस्रो ठूलो टावरमा देखिएकी हुन् ।

बिहानै टावरको टुप्पोमा देखिएकी उनी योग गरिरहेको अवस्थामा भेटिएकी हुन् । उनी बिहान ५ बजे घरबाट निस्केकी थिइन् । ६ बजेतिर पुलको टावरमा चढेकी ती महिलाका भाइ मनोज भण्डारीले बताए ।

प्रहरी र स्थानीयले टावरबाट तल आउन आग्रह गर्दा उनले तलबाट सबैलाई हटाएपछि मात्रै आफै ओर्लिने भनेको उनले बताए ।

उनका अनुसार उनलाई फोन गरेर ती महिलाले तल प्रहरी र अरू कोही नभएको अवस्थामा मात्रै ओर्लिने बताएकी हुन् ।

फोनबाट दिदीसँग भएको कुराबारे भण्डारीले भने, ‘म आफै बेलुकी ६ बजे ओर्लिन्छु, तलबाट नहटे हाम फालिदिन्छु भनिन् ।’ अघिल्लो पटक महेन्द्रनगरतर्फको तेस्रो ठूलो टावरमा चढेकी उनलाई प्रहरीले उद्धार गरेका थिए ।

त्यति बेला उनले टिकटक बनाउनका लागि टावरमा चढेको र तीन पटक टावरमा चढ्ने भनेकी थिइन् ।

 


प्रतिक्रिया दिनुहोस