ताजा समाचार

करोडौं सम्पत्ती भएकाहरु पनि सडकमा यसरी बन्छन् नक्कली भिखारी (भिडियोसहित)

नेप्लिज संवाददाता १७ आश्विन २०७८, आईतवार ०९:०१ (2 हप्ता अघि)    ३७९ जनाले पढ़िसके

काठमाडौं । विभिन्न स्वास्थ्य समस्या देखाउँदै सडकमा बसेर भिख मागेको त हामीले देखेकै छौँ । तर, भिख माग्नकै लागि मानिसहरु यतिसम्म गिर्दोरहेछन् भन्ने कुरा आज हामी भिडियोसहित प्रस्तुत गर्दै छौँ ।

कसैको हात नभएको, कसैको खुट्टा नभएको देख्दा तपाई हामी जो कोहीको पनि मन पग्लनु स्वभाविकै हो । तर केही त्यस्ता नक्कली भिखारीहरु छन्, उनीहरुको कारणले सक्कली पीडितहरुसमेत मर्कामा परिरहेका छन् ।

नेपालमा पनि भिख माग्नका लागि सडकमा मानिसहरु कोही खुट्टा काटिएको त कोही हात काटिएको अवस्थामा फेला पर्छन् ।

आज हामी एउटा भिडियोमा रहेको दृश्यबारे तपाईलााई बताउँदै छौँ । हिन्दु काउनडाउन युटुब च्यानलमार्फत सार्वजनिक भएको एक रिपोर्ट अनुसार करोडौँ सम्पत्ती भएकाहरुसमेत भिख माग्न सडकमा बसेको देखिन्छ ।

एउटा दृश्यमा आफ्नो बास्तविक हात लुकाएर अर्को नक्कली हात राखेर भिख मागिरहेको देखिन्छ । तर, केही समयपछि उनको पर्दाफास भइहाल्छ ।

यस्तै अर्को दृश्यमा दुबै खुट्टा गुमेको देखाएर भिख माग्न बसेको देखिन्छ । पैसा माग्ने भाँडोमा एउता बस्तुले उनी तर्र्सिएपछि जुरुक्क उठ्छन् र दुबै खुट्टा देखिन्छ ।

यस्तै अर्को दृश्यमा हिड्न नसकेर सडकमा घिर्सिरहेको देखिन्छ । तर उनी हिडेरै त्यहाँसम्म पुगेका हुन्छन् ।

एकजना महिला बच्चा बोखेर भिख माग्न बस्छन् । तर, त्यो बच्चा साँच्चैको बच्चा हुँदैन । कपडाको पोखा हुन्छ । एकैछिनमा उनको झुटको पर्दाफास हुन्छ ।

अर्का एक महिलाले बच्चाको निधारमा चोट लागेको देखाउन पट्टी बाँधेर बच्चा बोकेर आएकी हुन्छिन् । तर केही समयमा उनको पनि झुटको पर्दाफास हुन्छ ।

विशेष गरेर यस्तो धन्दामा बालबालिकालाई प्रयोग गरेको पाइन्छ । केहीले भर्खर जन्मेको शिशु त केहीले किशोर अवस्थामा प्रवेश गर्न लागेकाहरुलाई सडकमा प्रयोग गरिरहेको देखिन्छ ।

एकजना व्यक्तिले एकजना बच्चाको हात नभएको र उपचारका लागि भनेर पट्टी बाँधेर आएका हुन्छन् । तर, नजिकका मानिसले त्यो पट्टी फुकाएर हेर्दा बच्चाको हात केही पनि भएको नै हुँदैन ।

अरु दृश्यका लागि हेर्नुहोस् यो भिडियोमा

भिखारीहरु पनि आधुनिक बन्दै गइरहेका छन् । कतिपय देशहरुमा भिखारीहरुले भिखका लागि डिजिटल माध्यम प्रयोग गर्नसमेत थालिसकेका छन् ।

तपाइलाई अनौठो लाग्न सक्दछ कि चीनका भिखारीहरुले हालैका दिनहरुमा भिख माग्नका लागि डिजिटल भुक्तानीको प्रयोग गर्न थालेका छन् ।

चीनमा प्रविधिको तीव्र विकासका कारण मानिसहरुमा नगदको साटो बैंक कार्डबाट भुक्तानी गर्ने प्रचलन बढेको छ ।

मानिसहरु नगद सित्तिमित्ति बोक्दैनन् । त्यसले भिख मागेर गुजारा चलाउनेहरुलाई असर पार्‍यो । दान गर्नेहरुको गोजीमा नगद रकम नहुने भएका कारण भिखारीहरुले दान पाउन छाडे ।

त्यहीँ समस्यालाई समाधान गर्नका लागि चिनियाँ भिखारीहरुले भिख माग्नका लागि डिजिटल वालेटको प्रयोग गर्न थालेका छन् । जसका कारण दान गर्न चाहेका लागि खुद्रा पैसा गोजीमा नभएको बहाना बन्न नपाओस् ।

फाइनान्सियल एक्सप्रेसको एक रिपोर्टअनुसार चीनमा भिखारीहरु क्यूआर कोड भएको एक कागज हातमा लिएर सहरका पर्यटकीय स्थलदेखि शपिङ मल जस्ता ठाउँहरुमा उभिएका हुन्छन् ।


प्रतिक्रिया दिनुहोस