ताजा समाचार

ईपीएल क्रिकेटः काठमाण्डौ र भैरहवाबीचको खेल स्थगित, कारण यस्तो

नेप्लिज संवाददाता १६ आश्विन २०७८, शनिबार १३:२६ (2 हप्ता अघि)    १०४ जनाले पढ़िसके

काठमाडौं । एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा काठमाण्डौ किङ्ग्स इलाभेन र भैरहवा ग्लाडियटर्सबीचको खेल रोकिएको छ ।

कीर्तिपुर मैदान ओसिलो भएकाले खेल हुन नसकेको आयोजकले जनाएको छ ।

बिहान साढे ९ बजेका लागि तय गरिएको खेल दिउँसो १२ बजेसम्म पनि सुरु हुन नसकेपछि स्थगित भएको हो । भैरहवा तीन खेलमा एकमा जित र दुई वटामा अङ्क बाँडेर चार अङ्कका साथ दोस्रो स्थानमा छ ।

काठमाण्डौ दुई खेलमा एकमा जित र एकमा हारसहित दुई अङ्कका साथ पाँचौं स्थानमा छ । काठमाण्डौले उद्घाटन खेलमा साविक विजेता ललितपुरलाई ७ विकेटले हराएको थियो ।

त्यस्तै वर्षाका कारण भैरहवा र पोखराबीचको खेल पनि स्थगित भएको थियो । आजै हुने दोस्रो खेलमा विराटनगर वारियर्स र पोखरा राइनोज खेल्दैछन् । खेल दिउँसो साढे १ बजे कीर्तिपुर मैदानमा सुरु हुनेछ ।

 


प्रतिक्रिया दिनुहोस