ताजा समाचार

पत्रकार पूर्णिमा श्रेष्ठले फेरि बनाइन् नयाँ रेकर्ड, बधाईको ओहिरो

नेप्लिज संवाददाता १५ आश्विन २०७८, शुक्रबार ११:३७ (2 हप्ता अघि)    १०२ जनाले पढ़िसके

काठमाडौं । पत्रकार पूर्णिमा श्रेष्ठले धवलागिरी हिमालको सफल आरोहण गरेकी छन्। उनले संसारको सातौँ अग्लो शिखर धवलागिरी हिमालको सफल आरोहण गरेकी हुन् ।

आज बिहान श्रेष्ठले म्याग्दीको धवलागिरी गाउँपालिका ४ मा पर्ने आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमालको सफल आरोहण गरेकी हुन्।

उनी धवलागिरी आरोहण गर्ने पहिलो नेपाली महिलासमेत बनेकी छन्। धवलागिरीमा विदेशी महिलाले सफल आरोहण गरे पनि नेपाली महिलाले भने आरोहण गर्न सकेका थिएनन्।

काठमाडौँको सेभेन समिट ट्रेकिङ कम्पनीमार्फत श्रेष्ठ यही असोज २ गते मुस्ताङको मार्फा हुँदै धवलागिरि हिमाल आरोहणमा लागेकी थिइन्।

पूर्णिमासहित आफ्नो कम्पनीका २० जनाले आज (शुक्रबार) बिहान ५ बजे धवलागिरिको सफल आरोहण गरेका सेभेन समिट टे«किङका सञ्चालक मिङ्मा शेर्पाले बताए ।

धवलागिरिमा यसअघि नेपाली महिलाले सफल आरोहण गरेको कुनै रेकर्ड छैन ।

श्रेष्ठसँगै माया शेर्पालगायतले आरोहण गरे–नगरेको पुष्टि हुन बाँकी छ। पत्रकारसमेत रहेकी गोरखा आरुघाटकी पूर्णिमाको टोलीले यसअघि गत वैशाख ३ गते म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित आठ हजार ८१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालकोसमेत सफल आरोहण गरेर कीर्तिमान बनाएकी थिइन्।

पूर्णिमाको टोली अन्नपूर्ण हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला हुन्। पथप्रदर्शक पेम्बा शेर्पाको सहयोगमा पूर्णिमाले धवलागिरि आरोहण गरेकी हुन्।

पूर्णिमा कारोबार आर्थिक दैनिकमा कार्यरत छिन्। उनले यसअघि सन् २०१८ मा सगरमाथा, २०१७ मा मनास्लु र २०१९ मा आमाडब्लम हिमालको आरोहण गरेकी थिइन्।


प्रतिक्रिया दिनुहोस