ताजा समाचार

वरिष्ठ अधिवक्ता शम्भु थापा र गोविन्द बन्दीलाई मन्त्री बनाइदै, कुन–कुन मन्त्रालयको जिम्मेवारी दिइँदै ?

नेप्लिज संवाददाता १२ आश्विन २०७८, मंगलवार २१:३६ (3 हप्ता अघि)    २०५ जनाले पढ़िसके

काठमाडौं । त्तारुढ गठबन्धनमा आवद्व दलहरुबीच नागरिक अगुवाबाट प्रतिगमन विरुद्वका आन्दोलनमा सक्रिय मध्येबाट दुई जना स्वतन्त्र व्यक्तिलाई मन्त्री बनाउने सहमति भएको छ ।

सत्तारुढ पाँच दलीय गठबन्धनले दुई जना स्वतन्त्र व्यक्तिलाई मन्त्री बनाउने तयारी भएको हो । दुई मन्त्री आन्दोलनमा सक्रिय सहभागि नागरिक अगुवाबाट बनाउँने टुंगो लागेको पाँच दलीय गठबन्धनमा रहेका एक नेताले बताए ।

सहमति अनुसार वरिष्ठ अधिवक्ता शम्भु थापा र गरिक समाजबाट वरिष्ठ अधिवक्ता गोविन्द बन्दीमध्ये एकजनालाई अथवा दुबै जनालाई मन्त्री बनाइँदै छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिक समाजका अगुवाका रुपमा मन्त्री बनाउने भएका हुन् । मन्त्रिपरिषद विस्तारमा थापालाई मन्त्री बनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले देउवालाई प्रस्ताव गरेको स्रोतले जनाएको छ । देउवा थापालाई मन्त्री बनाउन सहमत भएका छन् ।

प्रतिनिधि सभा विघटन गर्ने तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको कदमविरुद्ध शम्भु थापा कानुनी लडाईंमा अग्रपंक्तिमा थिए । उनले विघटनविरुद्ध नागरिक तहमा जनमत बनाउन पनि भूमिका खेलेका थिए ।

नेपाल बार एशोशिएसनका पूर्व अध्यक्षसमेत रहेका थापा खरो स्वभावका मानिन्छन् ।

यसैगरी, नागरिक समाजबाट वरिष्ठ अधिवक्ता गोविन्द बन्दीको नाम पनि मन्त्रीका लागि चर्चामा छ । उनले पनि प्रतिनिधि सभा विघटनविरुद्धको कानुनी लडाईंमा महत्वपूर्ण भूमिका खेलेका थिए ।

 


प्रतिक्रिया दिनुहोस