ताजा समाचार

माधव नेपालले मन्त्रीका लागि प्रधानमन्त्रीलाई बुझाए यी ६ सांसदको नाम (सूचीसहित)

नेप्लिज संवाददाता १२ आश्विन २०७८, मंगलवार १८:०४ (3 हप्ता अघि)    ३०१ जनाले पढ़िसके

काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रीका लागि सूची पठाएको छ । विरोध खतिवडाको नेतृत्वमा सरकारमा जाने निर्णयसहित ६ जनाको नाम प्रधानमन्त्री देउवालाई बुझाइएको एकीकृत समाजवादीका एक नेताले बताए ।

सरकारले अध्यादेश खारेज गरेसँगै सो पार्टीले सरकारमा सहभागी हुने नेताहरुको नाम टुङ्गो लगाएको हो । एकीकृत समाजवादीले सात मन्त्री पाउनुपर्ने दाबी गरेको थियो । तर, गठबन्धनमा भागबण्डा मिलाउँदा एक राज्यमन्त्रीसहित ६ मन्त्री मात्र पाउने निश्चित भएको छ ।

जसअनुसार अध्यक्ष माधवकुमार नेपालले पार्टीका तर्फबाट मन्त्री बन्ने ६ जनाको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइसकेको बताइएको छ ।

सांसदहरु विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले, जीवनराम श्रेष्ठ र भवानी खापुङलाई मन्त्री बनाउन प्रधानमन्त्रीलाई नाम दिइएको हो । त्यस्तै किसानकुमार श्रेष्ठलाई पनि मन्त्री बनाउनु पर्ने भन्दै अध्यक्ष नेपालले सात मन्त्री मागेको बुझिएको छ ।

एकीकृत समाजवादीलाई सात मन्त्री दिएपछि उपेन्द्र यादव नेतृत्वको जसपालाई पनि सातै मन्त्री दिनुपर्ने भएकाले प्रधानमन्त्री देउवाले तत्काल नेपाललाई सात मन्त्री दिन नसक्ने जवाफ दिएका स्रोतले जनाएको छ ।

यो पनि पढ्नुहोस्

नेपाली कांग्रेसले पनि मन्त्रीको ‘लिस्ट’ तयार गर्यो, यी हुन् मन्त्री बन्नेहरु (सूचीसहित)

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले पनि मन्त्रीको नाम टुंगो लगाएको छ । सत्तारुढ गठबन्धनमा आबद्ध दलहरूबीच भएको सहमतिअनुसार कांग्रेसको भागमा ७ मन्त्रालय परेको छ ।

कांग्रेसबाट हाल सरकारमा गृहमन्त्रीको भूमिका बालकृष्ण खाँण रहेका छन् । त्यस्तै, कानुनमन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की र परराष्ट्रमन्त्री डा। नारायण खड्का छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी उमेश श्रेष्ठलाई दिएका छन् । अब भने कांग्रेसले तीन फुल मन्त्री पाउनेछ । जसमा कांग्रेसभित्रको रामचन्द्र पौडेल समूहबाट दिलेन्द्र बडु मन्त्री बन्ने पक्का जस्तै छ ।

त्यस्तै, सो समूहबाटै कांग्रेस महामन्त्री रहेका डा= शशांक कोइरालानिकट नेता डा. मीनेन्द्र रिजाललाई पनि मन्त्री बनाइँदै छ । यसअघि खड्कालाई मन्त्री बनाउँदा पार्टीभित्र छलफल नभएको भन्दै पौडेल समूह आक्रोशित भएपछि देउवा सो समूहलाई दुई मन्त्री दिन तयार भएको स्रोतले बतायो ।

यसैगरी, कांग्रेसभित्रको कृष्णप्रसाद सिटौलाले नेतृत्व गरेको तेस्रो धारबाट नेता भीमसेनदास प्रधान र उमाकान्त चौधरीमध्ये एक जना मन्त्री बन्नेछन् । तर, सिटौलाले सोमबार राति अबेरसम्म प्रधानमन्त्रीलाई कसैको पनि नाम दिएका छैनन् ।

त्यस्तै, प्रधानमन्त्री देउवाले स्वास्थ्य राज्यमन्त्री रहेका श्रेष्ठलाई राज्यमन्त्रीकै जिम्मेवारीमा राखे सो समूहबाट पुष्पा भुषालको पनि मन्त्री बन्ने सम्भावना छ ।

 


प्रतिक्रिया दिनुहोस