ताजा समाचार

के बुद्ध एअरको जहाज बिग्रिएकै थिएन ? घटनाको रहस्यबारे यसरी हुँदै छ अनुसन्धान ! (पत्रसहित)

नेप्लिज संवाददाता १२ आश्विन २०७८, मंगलवार १६:४३ (3 हप्ता अघि)    १८७ जनाले पढ़िसके

काठमाडौं । सोमबार करीब दुई घण्टा आकाशमा फन्को मारेको बुद्ध एअरको जहाज मंगलबार बिहानैबाट संचालनमा आएको छ । प्राविधिक समस्या देखिएको भनेर सोमबार करीब दुई घण्टा आकाशमा फन्को मारेर काठमाडौंमा सफल अवतरण गरिएको थियो ।

त्यहि जहाज आजदेखि पुनः संचालनमा ल्याइएको हो । सोमबार काठमाडौं विमानस्थलमा अवतरण भएसँगै बुद्ध एअरका इन्जिनियर र नेपाल नागरिक उड्डयन प्राधिकरणका प्राविधिकले जहाजको जाँच गरेका थिए ।

चेकजाँचका क्रममा जहाजमा ‘गडबडी नभएको’ पुष्टि भएसँगै प्राधिकरणले उडान अनुमति दिएको प्राधिकरणका एक अधिकारीले बताए ।

आकाशमा करीब दुई घण्टा फन्को मारेको सो जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने सामान्य अवस्थामा अवतरण गरेको थियो ।

सोमबार बिहान चालक दलका ४ र ७३ यात्रुलाई लिएर काठमाडौंबाट विराटनगर उडेको जहाज अवतरण गर्ने क्रममा एक इन्डिकेटरले दायाँतर्फको पाङ्ग्रा खुलेको भनियो ।

त्यसपछि काठमाडौं फर्किएको थियो । अवतरणलगत्तै प्राविधिकले जहाजको मिहिन रुपमा चेकजाँच गरेको र गडबडी नभएको पुष्टि भएसँगै जहाजले उडानको अनुमति पाएको बुद्ध एअरका एक अधिकारीले बताए ।

बुद्ध एअरलेसमेत कल साइन 9N-ANI जहाज परीक्षणका क्रममा कुनै त्रुटि नभएको पुष्टि भएको र यो घटना रहस्यमय भएकोले अनुसन्धान सुरु गरिएको बताएको छ ।

सोमबारको घटना के कति कारणले भएको हो कर्पोरेट सेल्फी डिपार्टमेन्ट अन्तर्गत गठन भएको अनुसन्धान कमिटीले केही दिनभित्र विस्तृत रुपमा रिपोट नागरिक उठ््डयन प्राधिकरणमा बुझाउने विज्ञप्तीमा भनिएको छ ।

यो पनि पढ्नुहोस्

तारा एयरले असोज २३ देखि पोखरा–जोमसोम नियमित उडान गर्ने

यती एअरलाइन्सको भगिनी संस्था तारा एयरले आगामी असोज २३ देखि पोखरा–जोमसोम उडानलाई नियमित गर्ने भएको छ ।

विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि कोरोना भाइरस सङ्क्रमण देखिएसँगै बन्द रहेको धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिर खुला गरेसँगै तारा एयरले पनि आफ्नो बन्द रहेको उडानलाई सुचारु गर्न लागेको हो ।

यती एअरलाइन्सका प्रवक्ता एवं हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले नजिकिँदो चाडपर्व र मुक्तिनाथ दर्शनका लागि जाने यात्रुलाई लक्षित गरेर पोखरा–जोमसोम उडान सुचारु गर्न लागेको बताए ।

“राति पोखरामा जहाज राखेर तारा एयरको १९ सिटे विमानमार्फत दैनिक उडान गर्न लागेका छौँ”, उनले भने, “कोरोना महामारीका कारण बन्द हुनुभन्दा पहिले ताराले पोखरा–जोमसोम यात्रुको चाप हेरेर दैनिक पाँचदेखि सात उडान भर्दै आएको थियो ।”

जोमसोममा दिउँसो हावा चल्ने भएकाले वायुसेवा कम्पनीले बिहान १२ बजेभित्र नै उडान भरिसक्नुपर्ने हुन्छ । दुर्गममा उडान गर्ने वायुसेवामा तारा एयरले मात्र पोखरा, नेपालगञ्ज र काठमाडौँमा नियमित वायुयान राखेर दुर्गम क्षेत्रमा सेवा दिँदै आएको छ ।

तारा एयरसँग हाल दुर्गममा उडान भर्नका लागि चारवटा टुइनवटर विमान रहेका छन् । यसमार्फत लुक्ला, फाप्लु, सिमिकोट, डोल्पा, मुगु, जुम्ला, बाजुरालगायत दुर्गमका विमानस्थलमा नियमित तथा चार्टर उडान भर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस