ताजा समाचार

वरिष्ठ अधिवक्ता शम्भु थापालाई मन्त्री बनाइँदै, कुन मन्त्रालयको जिम्मेवारी सम्हाल्दै ?

नेप्लिज संवाददाता १२ आश्विन २०७८, मंगलवार १५:३५ (3 हप्ता अघि)    १८६ जनाले पढ़िसके

काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापा मन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिक समाजका अगुवाका रुपमा उनलाई मन्त्री बनाउने भएका हुन् ।

मन्त्रिपरिषद विस्तारमा थापालाई मन्त्री बनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले देउवालाई प्रस्ताव गरेको स्रोतले जनाएको छ । देउवा थापालाई मन्त्री बनाउन सहमत भएका छन् ।

प्रतिनिधि सभा विघटन गर्ने तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको कदमविरुद्ध शम्भु थापा कानुनी लडाईंमा अग्रपंक्तिमा थिए । उनले विघटनविरुद्ध नागरिक तहमा जनमत बनाउन पनि भूमिका खेलेका थिए ।

नेपाल बार एशोशिएसनका पूर्व अध्यक्षसमेत रहेका थापा खरो स्वभावका मानिन्छन् ।

यसैगरी, नागरिक समाजबाट वरिष्ठ अधिवक्ता गोविन्द बन्दीको नाम पनि मन्त्रीका लागि चर्चामा छ । उनले पनि प्रतिनिधि सभा विघटनविरुद्धको कानुनी लडाईंमा महत्वपूर्ण भूमिका खेलेका थिए ।


प्रतिक्रिया दिनुहोस