ताजा समाचार

आकाशमा दुई घण्टा फन्को मारेर सफल अवतरण गरेको त्यही जहाज आज विहानैदेखि संचालनमा !

नेप्लिज संवाददाता १२ आश्विन २०७८, मंगलवार १२:०२ (3 हप्ता अघि)    १६१ जनाले पढ़िसके

काठमाडौं । सोमबार करीब दुई घण्टा आकाशमा फन्को मारेको बुद्ध एअरको जहाज मंगलबार बिहानैबाट संचालनमा आएको छ ।

प्राविधिक समस्या देखिएको भनेर सोमबार करीब दुई घण्टा आकाशमा फन्को मारेर काठमाडौंमा सफल अवतरण गरिएको थियो ।

सोमबार काठमाडौं विमानस्थलमा अवतरण भएसँगै बुद्ध एअरका इन्जिनियर र नेपाल नागरिक उड्डयन प्राधिकरणका प्राविधिकले जहाजको जाँच गरेका थिए ।

चेकजाँचका क्रममा जहाजमा ‘गडबडी नभएको’ पुष्टि भएसँगै प्राधिकरणले उडान अनुमति दिएको प्राधिकरणका एक अधिकारीले बताए ।

आकाशमा करीब दुई घण्टा फन्को मारेको सो जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने सामान्य अवस्थामा अवतरण गरेको थियो ।

सोमबार बिहान ७३ यात्रुलाई लिएर काठमाडौंबाट विराटनगर उडेको जहाज अवतरण गर्ने क्रममा एक इन्डिकेटरले दायाँतर्फको पाङ्ग्रा खुलेको जानकारी नगराएपछि काठमाडौं फर्किएको थियो ।

अवतरणलगत्तै प्राविधिकले जहाजको मिहिन रुपमा चेकजाँच गरेको र गडबडी नभएको पुष्टि भएसँगै जहाजले उडानको अनुमति पाएको बुद्ध एअरका एक अधिकारीले बताए । उनका अनसार सो जहाजले मंगलबार तीन उडान गरिसकेको छ ।

 


प्रतिक्रिया दिनुहोस