ताजा समाचार

यी व्यक्तिहरुले किन लगाए संविधान खारेजीको नारा ? (भिडिओसहित)

नेप्लिज संवाददाता ४ आश्विन २०७८, सोमबार ०७:४८ (1 महिना अघि)    १४९ जनाले पढ़िसके

काठमाडौं । देशभर संविधान दिवसको रमझम चलिरहँदा माइतीघर मण्डलामा २०४७ सालको संविधान जारी हुनुपर्ने माग राखी प्रदर्शन भएको छ ।

संविधान जलाउने क्रममा प्रदर्शनकारी र प्रहरीबीच मुठभेड समेत भएको थियो । वर्तमान संविधान खारेज गर्न माग गर्दै राजावादीहरुले गरेको प्रदर्शनको झल्को हो यो ।

राजधानीको विभिन्न क्षेत्रबाट माइतीघर मण्डलामा भेला भएका उनीहरुले हालैको ०४७ सालको संविधान लागु भए मुलुकका सम्पूर्ण समस्या समाधान हुने जिकिर गरेका छन् ।

उनीहरुले सरकारको विरुद्ध ब्यापक नाराबाजी गरेका थिए । प्रदर्शनमा के बालक, के युवा, के ज्येष्ठ नागरिक हरेक उमेर समूहका मानिस बिभिन्न भेषभुषा र बाजागाजा सहित भेला भएका थिए ।

राजतन्त्रको समर्थनमा नारा लगाउँदै निषेधित क्षेत्र तोडन खोज्दा प्रदर्शनकारी र प्रहरीबीचझडप भएको थियो ।

चारैतिरबाट आएका प्रदर्शनकारीहरुले नयाँबानेश्वर चोक पुगेर संविधान जलाएका थिए ।

प्रदर्शनकारी तितरवितर पार्न प्रहरीले पानीको फोहोरा प्रयोग गरेको थियो ।

हेर्नुहोस् भिडिओ


प्रतिक्रिया दिनुहोस