ताजा समाचार

नेपालले ओमानलाई ७ विकेटले हरायो, बधाई छ नेपाली टीमलाई

नेप्लिज संवाददाता ३ आश्विन २०७८, आईतवार २१:२६ (1 महिना अघि)    १२० जनाले पढ़िसके

काठमाडौं । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपाल विजयी भएको छ ।

अल अमिरात मैदानमा भएको खेलमा नेपालले ओमानलाई सात विकेटले हराएको हो ।

ओमानले दिएको एक सय २२ रनको समान्य लक्ष्य नेपालले १८ ओभर २ बलमा तीन विकेट गुमाउँदै भेट्टाएको थियो ।

जितसँगै नेपाल आठ खेलमा आठ अङ्कसहित नामिबियालाई पछि पार्दै चौथो स्थानमा उक्लिएको छ ।

ओमान १३ खेलमा २० अङ्कसहित तालिकाको शीर्ष स्थानमा यथावत् छ । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ४६ बलमा अविजित ५२ रन बनाए ।

त्यस्तै आसिफ शेख ४०, कुशल भुर्तेल र रोहित पौडेल समात ६–६ रन बनाएर आउट भए ।

यसअघि अल अमिरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ओमान ३७ ओभर १ बलमा एक सय २१ रन बनाउँदै अलआउट भएको थियो । ओमानका लागि जेशान मक्सूदले सर्वाधिक ४१ रन बनाए ।

बलिङतर्फ नेपालका करण केसी र सन्दीप लामिछानेले चार–चार विकेट लिँदा शरद भेषवाकरले दुई विकेट लिए ।

भेषवाकरले आजको खेलमा पहिलो एकदिवसीय विकेट लिएका हुन् । सात टोली रहेको लिग–२ मा एक टोलीले नौ शृङ्खलासहित कुल ३६ खेल खेल्ने छन् ।

लिग–२ मा शीर्ष हुने तीन देशले सन् २०२३ को जुलाईमा जिम्बावेमा हुने विश्व कप छनोटमा स्थान बनाउने छन् ।


प्रतिक्रिया दिनुहोस