ताजा समाचार

पल शाह र समिक्षा अधिकारी अभिनित ‘डिग्री सम्म पढाम्ला’ सार्वजनिक (भिडिओसहित)

नेप्लिज संवाददाता ३१ भाद्र २०७८, बिहीबार १४:४७ (1 महिना अघि)    १२८ जनाले पढ़िसके

काठमाडौं । पल शाह र समिक्षा अधिकारी अभिनय रहेको ‘डिग्री सम्म पढाम्ला’ गीत सार्वजनिक भएको छ।

गत बर्ष निक्कै रुचाईएको चाइनेजो गीत कै गायक जीवन पन्त र गायिका समिक्षा अधिकारीको आवाज रहेको उक्त गीतमा गीतकार तथा संगीतकार भने दिपक शर्मा हुन्।

श्यामश्वेत रसाइलीको म्युजिक एरेन्ज तथा मिक्सिङ रहेको उक्त गीतको म्युजिक भिडियो निर्देशन भने काजिश श्रेष्ठले गरेका हुन्।

उक्त गीतको छायांकन अर्जुन तिवारीले गरेका हुन भने सम्पादन पदम सुबेदिले गरेका हुन्।

नायक पल शाह र समिक्षा अधिकारीको जोडिलाई गीतमा निक्कै सुहाउँदो देखिएको छ।

डिग्री सम्म पढाम्ला, पुदिनाको अचार, शिरमा लाछा डोरी, सिलौटो, बाबियोको डोरि जस्ता गाउँले अर्गानिक ठेट शब्दहरुले गीतमा निक्कै मिठास दिएको हामी पाँउछौ।

सार्थक डिजिटलू युटुब च्यानलमा उक्त गीतको पूरा भिडियो हेर्न सक्नुहुनेछ।

नेपाली गीत संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सार्थक डिजिटल म्युजिक प्रालिले उक्त गीतलाई बजार व्यवस्थापन गरेको छ ।


प्रतिक्रिया दिनुहोस