ताजा समाचार

नेपाली महिला टोलीले बंगलादेशलाई हरायो

नेप्लिज संवाददाता २४ भाद्र २०७८, बिहीबार १९:१७ (1 महिना अघि)    २६४ जनाले पढ़िसके

काठमाडौं । मैत्रीपूर्ण फुटबल खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले बिहीबार बंगलादेशलाई २–१ गोलले पराजित गरेको छ ।

दशरथ रंगशालामा भएको खेलमा नेपालका सबिता राना र प्रीति राईले गोल गरेसँगै नेपाल विजयी भएको हो ।

सबिता र प्रीतिले आजको खेलबाटै राष्ट्रिय टीमबाट डेब्यू गरेका हुन्। दोस्रो हाफको अन्त्यतिर बंगलादेशले एक गोल फर्काएको थियो।

एएफसी महिला एसिया कप छनोटअघि नेपाल र बंगालदेश मैत्रीपूर्ण खेलमा खेलिरहेका हुन्।

उज्वेकिस्तानमा आयोजना हुने एएफसी महिला एसियन कप २०२२ छनोटको तयारीमा रहेको नेपाली टिमले बंगलादेशसँग घरेलु मैदानमा दुई मैत्रीपुर्ण खेल खेल्न खेलिरहेको हो ।

नेपाली टिमले दोस्रो हाफमा पनि बंगलादेशविरुद्ध दबाब कायम राखेको थियो ।

दोस्रो हाफको ४८ औं मिनेटमा नेपालका लागि सरु लिम्बुको पासमा प्रिती राईले प्रहार गरेको बल सिधै बाङ्लादेशी गोलकिपर रुपना चक्माको हातमा पर्न पुग्यो ।
खेलको ७९ औं मिनेटमा बंगलादेशकी फरवार्ड श्रीमोतिले गरेको प्रहारलाई नेपाली गोलकिपर अन्जिला तुम्बाप्पोले उत्कृष्ट बचाउ गरेकी थिइन् ।

खेलको ८२ औं मिनेटमा बंगलादेशका लागि तोहुरा खातुनले गोल गर्दै खेललाई २(१ को अवस्थामा पुर्याइन् ।

त्यसलगत्तै खेलको ८४ औं मिनेटमा नेपालको तर्फबाट बिमला चौधरीले गरेको हेडिङ फ्रेमबाहिर पर्न गएको थियो ।

इन्ज्युरी टाईममा बंगलादेशकि कप्तान सबिना खातुनले गरेको फ्रकिकले दिशा पाउन नसक्दा नेपालले २–१ ले जित निकालेको हो । आजको खेलमा प्रिती राई उत्कृष्ट खेलाडी घोषित बनिन् ।

दोस्रो खेल आइतबार हुने छ।


प्रतिक्रिया दिनुहोस