ताजा समाचार

फेरि मन्त्रिपरिषद् विस्तार, यी मन्त्रीहरुले लिए सपथ (सूचीसहित)

नेप्लिज संवाददाता २३ भाद्र २०७८, बुधबार २०:३२ (1 महिना अघि)    २५४ जनाले पढ़िसके

काठमाडौ) । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विस्तार गरेकी छिन् । मन्त्रिमण्डलका मन्त्रीले आज प्रदेश प्रमुख कार्यालयमा पद तथा गोपनियताको शपथ लिएका हुन् ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त मन्त्रीलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।

यसअघि आन्तरिक मामिला तथा कानुनमन्त्री एवं भौतिक पूर्वाधार विकासमन्त्री रहेका केशवराज पाण्डेलाई भौतिक पूर्वाधारमन्त्री, रचना खड्कालाई आर्थिक मामिला तथा योजनामन्त्री बनाइएको छ ।

यस्तै विजय सुवेदीलाई सामाजिक विकासमन्त्री, शान्तिप्रसाद पौडेललाई उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री, प्रदीपकुमार कटुवाल क्षेत्रीलाई स्वास्थ्यमन्त्री, डा अजय क्रान्ति शाहीलाई आन्तरिक मामिला तथा कानुनमन्त्री र चन्द्र लामालाई भूमि व्यवस्था मन्मत्री बनाइएको छ ।

यस्तै कृषि सहकारीमन्त्री, जीवन खड्कालाई भौतिक पूर्वाधार विकास राज्यमन्त्री, जुनेली श्रेष्ठलाई सामाजिक विकास राज्यमन्त्री, सरस्वती बाटीलाई उद्योग, पर्यटन वन तथा पर्यटन राज्यमन्त्री र बद्री मैनालीलाई भूमि व्यवस्था, कृषि सहकारी राज्यमन्त्रीमा उहाँले शपथग्रहण गराइएको छ ।

शपथ कार्यक्रममा प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, मुख्यमन्त्री शाक्यलगायतको उपस्थिति थियो ।

सबैभन्दा कान्छी खड्का अर्थमन्त्री

दोलखाकी खड्कालाई मुख्यमन्त्री शाक्यले विस्तार गरेको मन्त्रिपरिषद्मा सबैभन्दा कान्छी मन्त्री बनेकी छिन् । उनले आज आर्थिक मामिला तथा योजनामन्त्रीका रूपमा पद तथा गोपनियताको शपथग्रहण गरिन् ।

विसं २०४१ असार ५ गते जन्मिएकी ड्काको राजनीतिक यात्रा विसं २०५५ बाट सुरु भएको जनाइएको छ ।

अनेरास्ववियुको प्रारम्भिक कमिटी सदस्यको जिम्मेवारीबाट विद्यार्थी राजनीति सुरु गरेकी खड्का विसं २०५५ मा प्रारम्भिक कमिटी उपाध्यक्ष रहेकी थिइन् ।

१७औँ राष्ट्रिय सम्मेलनबाट अखिलको केन्द्रीय सदस्यमा निर्वाचित खड्का १८औँ र १९औँ सम्मेलनबाट केन्द्रीय सचिवालय सदस्यमा निर्वाचित हुँदै सम्पर्क र प्रचार विभाग प्रमुखको जिम्मेवारी निर्वाह गरेकी थिइन् ।

एमाले विभाजनका बेला तत्कालीन माधवकुमार नेपाल समूहको बागमती प्रदेश कमिटी सचिवको हैसियतमा काम गरेकी खड्का पार्टी औपचारिक विभाजनमा आइपुग्दा मूलघरमै बसिन् ।

मुख्यमन्त्री शाक्यसँगै एमालेमा रहेकी खड्का प्रदेशसभा सदस्यमा निवार्चित भएपछि पहिलोपटक मन्त्री नेकी थिइन् ।


प्रतिक्रिया दिनुहोस