ताजा समाचार

साहसी सपना खड्का, जो डेनमार्कमा पहिलो नेपाली महिला बस चालक बनिन्

नेप्लिज संवाददाता १६ भाद्र २०७८, बुधबार ०९:५८ (1 महिना अघि)    २६४ जनाले पढ़िसके

बागलुङ । बागलुङ मूल घर भएकी सपना खड्का डेनमार्कमा पहिलो नेपाली महिला बस चालक बनेकी छिन् ।

डेनमार्कमा सार्वजनिक यातायातमा एक सम्मानित पेसाको रुपमा लिइने ‘बस चालक’ को रुपमा उनले आफूलाई उभ्याउन सफल भएकी हुन्।

सवारी चालक अनुमति पत्र प्राप्त गरे पश्चात् डेनमार्कको स्थानीय डेनिस भाषामा पोख्त भएर भाषा परीक्षा उत्तीर्ण गरेपछि मात्रै त्यहाँको चालक अनुमतिपत्र पाइन्छ ।

ठूलो गाडी अर्थात् बसको अनुमति पत्र लिनको लागि त्यस सम्बन्धी कोर्स गर्न योग्य हुनुहपर्छ ।

डेनिस भाषा सिकी, भाषा परीक्षा पनि उत्तीर्ण भैसकेपछि बस चालक अनुमति पत्रको कोर्स उत्तीर्ण गरेर स्थानीय सडकहरुमा बस चलाउन सक्षम भएपछि मात्र बस चलाउने अनुमति पत्र प्राप्त हुन्छ।

यी सबै खुड्किला पार गर्दै सपना डेनमार्कको नेपाली समुदायमा पहिलो नेपाली महिला बस चालक बन्न सफल भएकी हुन् ।

डेनमार्कमा आफ्नो परिवार श्रीमान्, एक छोरी र एक छोरासँगै बस्दै आएकी खड्काको सफलतामा आफ्नो परिवारको ठूलो योगदान रहेको उनले बताएकी छिन् ।

सपनाको सफलतामा श्रीमान मोहन खुशी मात्र हैन दंग पनि छन्। श्रीमान् मोहन खड्काले आफ्नो लागि धेरै सहयोग र अगाडि बढ्न प्रेरित गरेको उनको भनाइ छ ।

 


प्रतिक्रिया दिनुहोस