ताजा समाचार

यी व्यक्तिले पौने १९ सेकेण्डमा दुई लिटर सोडापानी पिएर विश्व कीर्तिमान बनाए (भिडिओसहित)

नेप्लिज संवाददाता १४ भाद्र २०७८, सोमबार १२:४८ (1 महिना अघि)    २१३ जनाले पढ़िसके

काठमाडौं । मानिसहरुका अनेक रहरहरु हुन्छन् । अरुले भन्दा फरक काम गर्ने विश्व किर्तिमानी बन्ने होड नै चलेको छ पछिल्लो समय

अरुले भन्दा कसरी भिन्न प्रस्तुती देखाउन सकिन्छ र विश्व रेकर्ड राख्न सकिन्छ भनेर मानिसहरुले विभिन्न उपायहरु अपनाउने गरेका छन् ।

मेरिकामा एकजना व्यक्तिले सबैभन्दा छिटो समयमा सोडापानी पिएर गिनिज बुकमा आफ्नो नाम लेखाएका छन् ।

इरिक ब्याडल्याण्ड बूकर नाम गरेका ती व्यक्तिले १८.४५ सेकेण्डमा २ लिटर सोडा पिएर विश्व कीर्तिमान बनाएका हुन् ।

आफ्नो युट्युब च्यानलमा तीव्र गतिमा खाएका भिडियोहरु अपलोड गर्ने बूकरले सबैभन्दा छोटो समयमा २ लिटर सोडापानी पिए ।

गिनिज वर्ल्ड रेकर्डस्मा नाम दर्ज गराउने आफ्नो जिवनकै सपना रहेको हुँदा आफूले सबैभन्दा छोटो समयमा सोडा पाउने पिउने प्रयास गरेको उनको भनाइ छ ।

गिनिज वर्ल्ड रेर्कस्ले आफ्नो युट्युब च्यानलमा बूकरले सोडापानी पिएको भिडियो अपलोड गरेका छन् ।

उनले न्युयोर्कको सेल्डेनमा उनले कीर्तिमान कायम गर्नका लागि २ लिटर सुगर फ्री कोला पिएका थिए ।

१८.४५ सेकेण्डमै २ लिटर कोला पिएर सकाएपछि प्रतिक्रिया दिँदै उनले भेनका छन्, ‘हो, मैले त्यहीँ कुरा गरेको । त्यो स्वादिलो छ ।’

हेर्नुहोस् उनले विश्व किर्तीमान राखेको भिडियो

यो भिडियो पनि हेर्नुहोस्


प्रतिक्रिया दिनुहोस