ताजा समाचार

अन्ततः मुख्यमन्त्री कुलप्रसाद केसीले पाए विश्वासको मत, विपक्षमा कसैले पनि भोट हालेनन् !

नेप्लिज संवाददाता ७ भाद्र २०७८, सोमबार १७:३५ (1 महिना अघि)    २०७ जनाले पढ़िसके

काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले प्रदेश सभाबाट विश्वासको मत लिएका छन् ।

नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा०, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र राजनीति समूहबाट निर्वाचित सांसद अजय शाहीको समर्थनमा मुख्यमन्त्री बनेका केसीले ४२ मत प्राप्त गर्दै विश्वासको मत लिएका हुन् ।

‘विश्वासको मत पाउँ’ भनि प्रदेश सभामा राखेको आफ्नो प्रस्तावको विपक्षमा मुख्यमन्त्री केसीले शून्य मत पाएका छन् । प्रदेश सभामा ४३ जना सांसदहरुको उपस्थिति रहेको थियो ।

प्रमुख प्रतिपक्षी नेकपा –एमालेले भने प्रदेश सभा बैठक बहिष्कार गरेको थियो । सांसद अजय शाही र विमलाकुमारी वलीलाई कारबाही नगरेसम्म प्रदेश सभाको बैठकमा सहभागी नहुने एमालेको अडान छ । त्यसैअनुसार मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाएको बैठकमा एमालेका कोही पनि सांसद सहभागी थिएनन् ।

केसी तत्कालीन माओवादी केन्द्रले सशस्त्र विद्रोह संचालनार्थ गठन गरेको जनमुक्ति सेनाका डिभिजन कमिसार थिए । एमाले–माओवादीको एकताबाट बनेको नेकपामा उनी केन्द्रीय सदस्य र संसदीय दलको उपनेता थिए ।

नेकपा (मसाल)को विद्यार्थी संगठनबाट राजनीति थालेका रोल्पा लिवाङका केसी ०५९ सालमा माओवादीबाट फुटेको मोहन वैद्यको पार्टीमा लागेका थिए ।

०७३ मा प्रचण्ड नेतृत्वको माओवादीमा फर्किएर प्रत्यक्षतर्फ रोल्पा १ बाट निर्वाचित भएका उनी शंकर पोखरेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानूनमन्त्री थिए ।

नेकपा विभाजनपछि गण्डकी प्रदेशमा नेपाली कांग्रेस र लुम्बिनीमा नेकपा ९माओवादी केन्द्र०ले मुख्यमन्त्री पाउने सहमति भएअनुसार ५१ वर्षीय केसीलाई लुम्बिनीका चार दलले मुख्यमन्त्री प्रस्ताव गरेका थिए ।

प्रवीणता प्रमाणपत्र तहसम्म अध्ययन गरेर ०४८ देखि ०५० सम्म शिक्षण पेशामा आवद्ध उनी ०५० देखि ०५२ सम्म नेकपा ९एकता केन्द्र० को रोल्पा इलाका सेक्रेटरी थिए । ०५५ सालमा माओवादीमा लागेका उनी एक वर्ष दाङ, सल्यान र प्युठानको संयुक्त सेक्रेटरी रहे ।


प्रतिक्रिया दिनुहोस