ताजा समाचार

प्रदेश २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्र नियुक्त, राजेश झालाई किन हटाइयो ?

नेप्लिज संवाददाता १ भाद्र २०७८, मंगलवार १३:०९ (2 महिना अघि)    २४५ जनाले पढ़िसके

काठमाडौं । प्रदेश २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्र नियुक्त भएका छन् । महोत्तरीका मिश्र नेपाली कांग्रेसका पुराना नेता हुन् ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मिश्रलाई उनलाई प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् ।

उनले नेपालको संविधानको धारा १६३ को उपधारा ९२० बमोजिम मन्त्रिपरिषद्को गत साउन ३२ गतेको बैठकको निर्णय एवं प्रधानमन्त्रीका सिफारिसमा मिश्रलाई आज प्रदेश प्रमुखमा नियुक्त गरेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुख राजेश झालाई पदमुक्त गरी मिश्रलाई प्रदेश प्रमुख नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले बताए ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले झालाई पदमुक्त गर्दै महोत्तरीका मिश्रलाई नियुक्त गर्न सिफारिस गरेको थियो ।


प्रतिक्रिया दिनुहोस