ताजा समाचार

पृथ्वीसुब्बा गुरुङले केपी ओलीका कारण एमाले खरानी भएको भनेकै हुन् त ? सचिवालयले निकाल्यो यस्तो विज्ञप्ती

नेप्लिज संवाददाता ३० श्रावण २०७८, शनिबार १६:५७ (2 महिना अघि)    २२६ जनाले पढ़िसके

काठमाडौं । नेकपा एमालेका सचिव तथा गण्डकी प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले केपी ओलीका कारण एमाले खरानी भएको भन्दै अभिव्यक्ति दिएको भनेर केह िअनलाइनहरुमा खबर प्रकाशित भए । तर त्यो अभिव्यक्तिमा सत्यता नभएको र अनर्गल प्रचार भएको गुरुङको सचिवालयले जनाएको छ ।

गुरुङको सचिवालयले शुक्रवार विज्ञप्ति जारी गर्दै नामै नसुनिएका मिडियामा गुरुङले बोलेको भनी आएका प्रोपागाण्डाको भ्रममा नपर्न आग्रह गरेको छ ।

एमाले नेतृत्व र पिएस गुरुङलाई बदनाम गर्ने मनसायले यस्ता प्रचार भइरहेको प्रेस संयोजक विक्रम न्यौपानेले बताएका छन् ।

गुरुङ एमाले अध्यक्ष ओलीको सबल र सक्षम नेतृत्वको पक्षमा रहेको र पछिल्लो समय पार्टी विभाजन रोक्न सक्रिय भएको विज्ञप्तीमा भनिएको छ ।

यस्तो बेलामा एमालेमा थप विवाद ल्याउन र विवाद समाधान नहोस भन्ने उद्देश्य राखेर गलत प्रचार भएको भन्दै विज्ञप्तीमार्फत आपत्ति जनाइएको छ ।

माधव नेपाल पक्षधर नेताहरुले गुरुङको भनाइ भन्दै प्रचारित सामाग्रीहरु सामाजिक सञ्जालमा शेयर गर्न थालेपछि यो विज्ञप्ति सार्वजनिक भएको हो ।


प्रतिक्रिया दिनुहोस