ताजा समाचार

सांसद बिमला वलीलाई चार दिनसम्म मुख्यमन्त्रीको निवासमा थुनेर राखिएको खुलाशा !

नेप्लिज संवाददाता २१ श्रावण २०७८, बिहीबार १३:४३ (2 महिना अघि)    २३१ जनाले पढ़िसके

काठमाडौं । लुम्बिनी प्रदेशकी सांसद विमला खत्री वली नेकपा माओवादी केन्द्रमा फर्किएकी छन्।
आज बुटवलमा आयोजित पत्रकार सम्मेलनमा उनले गत साउन १६ देखि २० गतेसम्म आफू मुख्यमन्त्री कार्यालयबाट बाहिर निस्कन नपाएको बताइन्।

साउन १५ गतेदेखि उनी सार्वजनिक कार्यक्रममा देखिएकी थिइनन्। यसअघि उनी नेकपा एमालेमा क्रियाशील रहेको विज्ञप्ति आएको थियो। तर उनले आफूलाई साउन १८ मा विज्ञप्ति पढ्न नदिई त्यसै जारी गरिएको दाबी गरेकी छन्।

हेर्नुहोस् विज्ञप्ती



प्रतिक्रिया दिनुहोस