ताजा समाचार

तुइनबाट नेपाली नागरिक महाकाली नदीमा खसेको घटनाबारे भारतीय पक्षले दियो यस्तो जवाफ

नेप्लिज संवाददाता १७ श्रावण २०७८, आईतवार ०७:१९ (1 महिना अघि)    २५२ जनाले पढ़िसके

काठमाडौं । महाकाली नदीमा तुुइनबाट युुवक खसेर बेपत्ता भएको घटनामा भारतीय पक्षले जवाफ पठाएको छ । भारतको पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले शनिबार दार्चुुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई पत्र पठाउँदै सार्वजनिक भए जस्तो एसएसबीको संलग्नता नरहेको दाबी गरेका हुन् ।

आफूहरुले गरेको पत्राचारका आधारमा पिथौरागढका जिल्ला अधिकारीले लिखित जवाफ पठाएका दार्चुुलाका प्रमुख जिल्ला अधिकारी जोशीले बताए ।

तुुइन तर्न नसकेर युुवक आफैं खसेका र बाहिर आएजस्तो एसएसबीको संलग्नता नरहेको भन्दै भारतीय पक्षले त्यो आफूहरुको उद्देश्य पनि नरहेको बताए ।

भारतीय पक्षले घटना भएको बेला एसएसबी मालघाट क्षेत्रमा ड्युटीमा खटिएको कुरा भने साँचो भएको पत्रमा उल्लेख गरेको प्रमुुख जिल्ला अधिकारी जोशीले बताए ।

घटनापछि युुवकको खोजी कार्यमा नेपाली पक्षलाई सघाउन भारतले एसएसबीको टोली समेत महाकाली नदीमा परिचालन गरेको जनाएको छ । पिथौरागढका जिल्ला अधिकारीले पठाएको पत्र प्रजिअ जोशीले शनिबार नै गृह मन्त्रालयमा पठाइसकेका छन् ।

शुुक्रबार बिहान भारतीय भूूमिबाट सदरमुुकाम खलंगा आउने बेला व्याँस गाउँपालिका–२ स्थित मालघाटमा तुुइन तर्ने क्रममा सोही गाउँपालिकाको मालका जयसिंह धामी खसेर नदीमा बेपत्ता भएका थिए ।

जयसिंहलाई तुुइनमा राखेर नदी पार गराएको बताउने व्याँसकै कल्यानसिंह धामीले समेत एसएसबीले रुखमा बाँधिएको डोरी निकालेपछि उनी नदीमा खसेको बताएका छन् । शुुक्रबार बिहान नदीमा खसेका धामीको अवस्था भने अझै अज्ञात छ ।


प्रतिक्रिया दिनुहोस