ताजा समाचार

मेलम्चीमा फेरि लेदोमाटोसहितको बाढी आयो, केही घरमा क्षति, प्रहरी चौकी विस्थापित

नेप्लिज संवाददाता १७ श्रावण २०७८, आईतवार ०६:५७ (1 महिना अघि)    २१० जनाले पढ़िसके

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्चीमा गएराति फेरि बाढी आएको छ । लेदोमाटोसहितको बाढीका कारण केही घरमा क्षति पुगेको छ । भने प्रहरी चौकी पनि विस्तापित भएको छ ।

लेदो माटोसहितको बाढीले केही घरमा क्षति पुगेको र केही घरमा पानी पसेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले बताए । तालामाराङ प्रहरी चौकीमा बाढीको पानी पसेपछि नजिकैको अर्को भवनमा सारिएको छ ।

गएरातिको बाढीले रेडियो मेलम्चीको भवन बगाएको छ । रातो पुलको माथिबाट पानी बगेको छ ।

हेलम्बु गाउँपालिका–१ हेमाथाङ्का चौरमा पहिरो गएर केहीबेर थुनिएपछि बाढी आएको अनुमान गरिएको भन्दै डिएसपी सापकोटाले चनौटे बजारको बीच भागबाटै पानी बगेको बताए ।

यसअघि असार १ गते आएको बाढीले पनि हेलम्बु र मेलम्ची लगायतमा ठूलो क्षति पुर्याएको थियो । सो बाढीका कारण ५ जनाको मृत्यु भएको थियो भने १५ जना अझै बेपत्ता छन् ।

बाढीपहिरो पीडितहरु विस्तारै सामान्य अवस्थामा फर्किंदै गर्दा गएराति फेरि बाढी आएपछि उनीहरु थप समस्यामा परेका छन् ।

यसअघिकै स्थानबाट अहिले पनि लेदो माटोसहितको बाढी बगेको स्थानीयले बताएका छन् ।

सिन्धुपाल्चोक लेदोमाटोसहितको बाढीले केही घरमा क्षति, प्रहरी चौकी पनि विस्थापित

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्चीमा गएराति फेरि बाढी आएको छ । लेदोमाटोसहितको बाढीका कारण केही घरमा क्षति पुगेको छ । भने प्रहरी चौकी पनि विस्तापित भएको छ र

लेदो माटोसहितको बाढीले केही घरमा क्षति पुगेको र केही घरमा पानी पसेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले बताए । तालामाराङ प्रहरी चौकीमा बाढीको पानी पसेपछि नजिकैको अर्को भवनमा सारिएको छ ।

गएरातिको बाढीले रेडियो मेलम्चीको भवन बगाएको छ । रातो पुलको माथिबाट पानी बगेको छ ।

हेलम्बु गाउँपालिका–१ हेमाथाङ्का चौरमा पहिरो गएर केहीबेर थुनिएपछि बाढी आएको अनुमान गरिएको भन्दै डिएसपी सापकोटाले चनौटे बजारको बीच भागबाटै पानी बगेको बताए ।

यसअघि असार १ गते आएको बाढीले पनि हेलम्बु र मेलम्ची लगायतमा ठूलो क्षति पुर्याएको थियो । सो बाढीका कारण ५ जनाको मृत्यु भएको थियो भने १५ जना अझै बेपत्ता छन् ।

बाढीपहिरो पीडितहरु विस्तारै सामान्य अवस्थामा फर्किंदै गर्दा गएराति फेरि बाढी आएपछि उनीहरु थप समस्यामा परेका छन् ।

यसअघिकै स्थानबाट अहिले पनि लेदो माटोसहितको बाढी बगेको स्थानीयले बताएका छन् ।

यो पनि पढ्नुहोस्

आफन्तलाई उपहारमा बीमा पोलिसी

पछिल्लो समय वैवाहिक वर्षगाँठ तथा जन्मोत्सव कार्यक्रमका नाममा फजुल खर्च गर्ने प्रचलन बढ्दै गएको छ । तर, पछिल्लो समय उत्सवमा हुने फजुल खर्च कटौती गरेर आफ्नो र आफ्ना प्रियजनको भविष्यका लागि बचतस्वरूप बीमा गर्ने प्रचलन बढ्न थालेको छ ।

असारको अन्तिम साता पुस्तक व्यवसायी लेखराम/शिरिषा सापकोटा दम्पतीको वैवाहिक वर्षगाँठ थियो । वैवाहिक वर्षगाँठको अवसरमा लेखरामले आफ्नी श्रीमतीलाई उपहारस्वरुप बीमालेख (पोलिसी) प्रदान गरे ।

“विवावोत्सवमा हुने अतिरिक्त खर्च कटाएर श्रीमतीलाई बीमा पोलिसी दिँदा श्रीमती पनि खुशी, कमाइको केही रकम बचत पनि हुने भयो”, सापकोटाले भने, “जीवन बीमा गरेपछि जीवनमा कुनै भवितव्य परेमा पनि बीमा कम्पनीबाट राहत मिल्छ ।”

पछिल्लो समय समाजमा विवाहोत्सव, जन्मोत्सवलगायतका शुभकार्यमा फजुल खर्च हुने प्रचलन बढ्दै गएको सापकोटाले बताउनुभयो । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जिल्लाको गैँडाकोट–७ का स्थायी बासिन्दा सापकोटाको नारायणगढमा ‘सम्पूर्ण पुस्तक’ नामको पुस्तक पसल छ ।

सापकोटाले साहित्यिक तथा शैक्षिक पुस्तक बिक्री, वितरण गर्दै आउनुभएको छ । यसैबाट भएको आम्दानीको केही रकम बचत गर्दै श्रीमतीका लागि बीमा पोलिसी उपहार प्रदान गरेको उनले बताए ।

“हामीले मेहनत गरेर कमाइ गरेको पैसा थोरैथोरै गरी जम्मा गरेर बीमा गर्दा आर्थिक तथा अन्य क्षतिबाट हामी सुरक्षित हुन सक्छौँ”, सापकोटाले भने, “भोलि पैसा आवश्यक परेको अवस्थामा बीमा रकमबाट ऋण निकाल्न पनि मिल्नेरहेछ त्यसैले श्रीमतीलाई बीमा पोलिसी उपहार दिएको हुँ ।”

सापकोटाले शुभकार्यमा हुने फजुल खर्च कटाएर आफन्तको भविष्य सुरक्षित पार्नका लागि पनि बीमा गर्न सुझाव दिए । “बीमा गरिएको रकम आफ्नै लागि हो”, सापकोटाले भने, “जीवन रहँदा पनि काम लाग्छ, जीवनपछि विमितको आश्रित परिवारलाई पनि राहत मिल्छ ।”

साउन १४ गते परेको जन्मदिनको अवसरमा मध्यविन्दु नगरपालिका–३ कि आरती शर्माले पनि बीमा पोलिसी उपहार पाउनुभयो । आरतीको जन्मदिनका अवसरमा उहाँका आफन्तले बीमा पोलिसी ‘सरप्राइज गिफ्ट’का रूपमा प्रदान गरे।


प्रतिक्रिया दिनुहोस