ताजा समाचार

चीनमा डेल्टा भेरियन्ट आक्रामक रुपमा फैलियो, विदेशबाट आउनेहरु धेरै संक्रमित ?

नेप्लिज संवाददाता १७ श्रावण २०७८, आईतवार ०६:४० (1 महिना अघि)    १२० जनाले पढ़िसके

एजेन्सी । चीनमा शनिवार थप ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्ला दिनहरूमा विश्वका अन्य मुलुकमा जस्तै चीनमा कोभिड–१९ को नयाँ प्रकार ‘डेल्टा भेरिएन्ट’ बाट सङ्क्रमितको सङ्ख्यामा अचानक वृद्धि भइरहेको पाइएको छ ।

थप सङ्क्रमितमध्ये ३० व्यक्तिमा स्थानीय रूपमा फैलिएको सङ्क्रमण भेटिएको छ भने अन्य विदेशबाट आएका यात्रुमा भेटिएको हो । जिआङ्सुुमा १९, हुनानमा ६, चोङकिङमा दुई र लियोनिङ, फुजियान र सिचुआनमा एक एक जनामा सङ्क्रमण पुष्टि भएको चीनको राष्ट्रिय सञ्चार माध्यम ‘चाइना डेली’ले जनाएको छ ।

२५ सङ्क्रमित विदेशबाट आउने व्यक्तिमा भेटिएको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । यसमध्ये नौ युनानमा, आठ सांघाईमा, तीन तियानजिनमा, झेजियाङ र फुजियानमा चार र एउटा ग्वाङ्गडोङमा सङ्क्रमित रहेका छन् ।

पूर्वी चीनको जियाङ्सु प्रान्तको राजधानी नानजिङको विमानस्थलबाट कोभिड–१९ सङ्क्रमितका बिरामीहरू भेटिएका थिए ।

नानजिङमा जुलाई २० मा पहिलो सङ्क्रमित भेटिएपछि अहिलेसम्म १८४ जनामा सङ्क्रमण पुष्टि भएको ग्लोबल टाइम्सले खबर लेखेको छ ।


प्रतिक्रिया दिनुहोस