ताजा समाचार

‘पारस शाहलाई इज्जत दे’ भन्दै राजतन्त्रवादीहरुले चक्रपथमा टायर जलाए

नेप्लिज संवाददाता १६ श्रावण २०७८, शनिबार १९:४० (1 महिना अघि)    १७६ जनाले पढ़िसके

काठमाडौं । मातेर हेल्मेट नलगाई मोटरसाइकल कुदाउँदै गरेका पूर्वयुवराज पारस शाहका समर्थकले चक्रपथमा टायर जलाएका छन् ।

मादक पदार्थ सेवन गरेर हेलमेट नलगाइ मोटरसाइकल चलाएको भन्दै ट्राफिक प्रहरीले शाहलाई रोकेका थिए । त्यसको विरोधमा उनीहरुले करिब आधा घण्टा चक्रपथको नारायणगोपाल चोकमा टायर बालेका हुन् ।

ट्राफिक प्रहरीले पारसलाई चौँकी लैजान भनि भ्यान नबोलाउँदै उनका समर्थकहरुले उनलाई घेरे । दृश्य अचम्म देखियो । त्यसपछि समर्थक युवाहरु उनीसँग राति सेल्फी खिचे । त्यसपछि पारस आफ्नो बाइकमा चढे ।

आज शनिबार तीनै समर्थक युवाहरुले प्रहरीले पूर्वयुवराज जस्तो व्यक्तिलाई पक्राउ गरेको भन्दै काठमाडौंको महाराजगञ्जमा नाराबाजी गरेका छन् । पारसमाथि प्रहरीले ज्यादती गरेको भन्दै समर्थकहरुले सडकमा टायरसमेत बालेका छन् ।

‘युवराजलाई इज्जत दे’, ‘राजतन्त्र जिन्दावाद गणतन्त्र मुर्दावाद’ लगायत विभिन्न नाराहरु लगाउँदै उनीहरुले सडक जाम गरेका थिए । समर्थकले टायर बालेर विरोध गर्न थालेपछि प्रहरीले उनीहरुलाई रोक्ने प्रयास गरेका थिए ।


प्रतिक्रिया दिनुहोस