ताजा समाचार

यिनै हुन् ३३ किलो सुनकाण्डमा आज समातिएका ‘भोजे मामा’

नेप्लिज संवाददाता १५ श्रावण २०७८, शुक्रबार २०:५९ (2 महिना अघि)    १८८ जनाले पढ़िसके

काठमाडौं । ३३ किलो सुनकाण्डमा आरोपित एकजना समातिएका छन् । झापाको गौरादह नगरपालिका ८ का भोजे मामा भन्ने भोजराज भण्डारीलाई प्रहरीले शुक्रबार काठमाडौंको गौशालाट समातेको हो ।

भण्डारीमाथि ३३ किलो सुनकाण्डबारे अनुसन्धान अघि बढाइने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले बताए ।

२०७४ फागुन ९ गते दुबईबाट तस्करी भएको साढे ३३ किलो सुन गायब भएको थियो। त्यसबारे छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति गठन भएको थियो। यस घटनामा भरियाको भूमिका खेलेका सनम शाक्यको हत्या भएको थियो।

आप राधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारीको अवै’ध कारो’बार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा फरार रहेका मोरङको गौरादह नगरपालिका ८ बस्ने भण्डारीलाई समातिएको महानगरीय प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।

उनी गौशालाबाट समातिएको र आवश्यक अनुसन्धान भइरहेको परिसरका प्रवक्ता एवम् प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले बताए ।


प्रतिक्रिया दिनुहोस