ताजा समाचार

एसएसबीले तुइनको डोरी निकालिदिंदा महाकाली नदीमा फेरी खसे नेपाली, भारतलाई यस्तो पत्र पठाइयो

नेप्लिज संवाददाता १५ श्रावण २०७८, शुक्रबार २०:३२ (2 महिना अघि)    २१३ जनाले पढ़िसके

धनगढी । भारतीय सीमा सुरक्षा बल एसएसबीले नदी पार नहुँदै तुइनको फलामे डोरी निकालिदिंदा एक नेपाली महाकाली नदीमा खसृर हराएका छन् ।

दार्चुलाको ब्यास गाउँपालिका–२ स्थित मालघाटमा तुइनबाट नदी तर्ने क्रममा महाकाली नदीमा खसेर ३० वर्षीय जयसिंह धामी हराएका हुन् ।

तुइनबाट महाकाली नदी पार गरिरहेका धामी नदीको छेउमा नपुर्‍ग्दै एसएसबीले फलामे डोरी निकालिदिएका थिए ।

धामीसँगै गएका तीन जना तुर्‍इन तरेर पारि पुगिसकेका थिए । धामी नदीको छेउमा नपुर्‍ग्दै एसएसबीले फलामे डोरी निकालिदिएका प्रत्यक्षदर्शीले बताएका छन् ।

एसएबसीले डोरी निकालेपछि धामी नदीमा खसेको गुनासो आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताए ।

धामीका परिवारले जिल्ला प्रशासन कार्यालय दार्चुलामा ज्ञापनपत्र बुर्‍झाउँदै घटनामा भारतीय एसएबसीको संलग्नताबारे छानबिन गर्न माग गरेको छ ।

यसैबीच जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय पक्षलाई पत्र पठाउँदै छानबिन गरेर सहयोग गरिदिन आग्रह गरेको छ । पिथौरागढ डीएम कार्यालयलाई पत्रचार गरिएको दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्टको भनाइ छ ।

अहिलेसम्म भारतीय पक्षबाट कुनै प्रतिक्रिया प्राप्त हुन नसकेको भट्टले बताइन् । तुर्‍इनबाट खसेर बेपत्ता भएका धामीको खोजी भइरहेको स्थानीय प्रशासनले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस