ताजा समाचार

लोकदोहरी प्रतिष्ठानले यस्तो पत्र थमाउँदै दुर्गेश थापालाई कारबाही गर्यो, उनको प्रतिक्रिया भने यस्तो ? (पत्रसहित)

नेप्लिज संवाददाता १५ श्रावण २०७८, शुक्रबार २०:०५ (2 महिना अघि)    २६१ जनाले पढ़िसके

काठमाडौं । गायत दुर्गेश थापा फेरि एकपटक विवादमा तानिएका छन् । थापाको गीत ‘बीच्च बीच्चमा ४– ख्यास्स पुतली’लाई लिएर अहिले फेरि विवाद सुरु भएको हो ।

गीतले तीजको मर्ममाथी प्रहार गरेको धेरैले गुनासो गरेसँगै लोक दोहोरी प्रतिष्ठानलेसमेत पत्र काटेको छ । सामाजिक सञ्जालमा दुर्गेशको यो गीतमाथि प्रतिवन्ध लगाउनुपर्ने माग समेत गरिएको छ । कतिपयले भने यस्ता गीत सार्वजनिक हुँदा ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान’ले के हेरेर बसेको छ रु भनेर समेत प्रश्न गरेका छन् ।

प्रतिष्ठानले भने आफूहरुले त्यस्ता गीत नल्याउन आग्रह गर्ने, आग्रहलाई वेवास्ता गरे संस्थागत रुपमा बहिस्कार गर्ने बताउँदै आएको छ ।

गायक दुर्गेशले सो गीत ल्याउने तयारी गरेको जानकारी पाएपछि प्रतिष्ठानले ध्यानाकर्षण गराएको थियो । प्रतिष्ठानले साउन ७ गते दुर्गेशलाई ध्यानाकर्षण पत्र नै काटेको थियो ।

प्रतिष्ठानका अध्यक्ष रमेश बिजी र प्रतिष्ठानको विकृति विसंगती न्यूनिकरण विभाग समितिका संयोजक शिव हमालको संयुक्त हस्ताक्षरमा ध्यानाकर्षण पत्र काटिएको थियो । तर, दुर्गेशले प्रतिष्ठानको पत्रलाई वेवास्ता गर्दै गीत सार्वजनिक गरेका छन् ।

राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले गायक दुर्गेश थापालाई ध्यानाकर्षण गराएसँगै दुर्गेशले पनि आफ्नो प्रतिक्रिया सार्वजनिक गरेका छन् ।

गीतमा प्रयोग गरिएका आपत्तिजनक शब्दहरू फेरबदल गरी प्रस्तुत हुन अनुरोध गरिएको छ। तर, राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानको ध्यानाकर्षणपत्रलाई कुनै वास्ता नगरेकाले गायक थापालाई बहिष्कार गर्ने निर्णय गरिएका समाचार सार्वजनिक भइरहेका छन्।

यसबारे सोध्दा थापाले भने, ‘उहाँहरूले बहिष्कार गर्नुहुन्छ भने अब गर्दिनुस्। उहाँहरूले त जे गीत गाए पनि हुन्छ के रे। मचाहिँ संस्थामा नभएकाले मलाई ट्रयापमा पारिएको हो ।’

साथै संस्थामा भएको मान्छेले चाहिँ जे गाए पनि हुने थापाको आरोप छ। उनले भने, ‘मेरो जेनेरेसनले त्यस्तै गीत मन पराउनुहुन्छ। ख्यास्स भन्ने गलत टाइपको वर्ड होइन।’

तर, लोकदोहोरी प्रतिष्ठानले सार्वजनिक गरेको ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘तिज पर्व नजिकिँदै गर्दा गीत–संगीतको माध्यमबाट आफ्ना गीति अभिव्यक्तिहरू प्रस्तुत गर्दा हजुरको आगामी तिजगीतमा प्रयोग गरिएको ख्यास्स पुतली विषयपरक तिजगीतका नाममा समाजमा संप्रेषित हुन उचित नलागेको राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपालअन्तर्गत गठित विकृति–विसंगति न्यूनीकरण समितिले ठहर गरेको छ।’


प्रतिक्रिया दिनुहोस