ताजा समाचार

३३ किलो सुन का’ण्डमा फ’रार सूचीमा रहेका यी व्यक्ति अन्ततः गौशलाबाट समातिए

नेप्लिज संवाददाता १५ श्रावण २०७८, शुक्रबार १९:५२ (2 महिना अघि)    ३५७ जनाले पढ़िसके

काठमाण्डौ – ३३ किलो सुन काण्ड’मा फरारको सूचीमा रहेका एकजना व्यक्ति समातिएका छन् । ‘भोजे मामा’ भनेर चिनिने भोजराज भण्डारीलाई प्रहरीले गौशलाबाट समातेको हो ।

आप राधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारीको अवै’ध कारो’बार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा फरार रहेका मोरङको गौरादह नगरपालिका ८ बस्ने भण्डारीलाई समातिएको महानगरीय प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।

उनी गौशालाबाट समातिएको र आवश्यक अनुसन्धान भइरहेको परिसरका प्रवक्ता एवम् प्रहरी उपरीक्षक (एसपी) रमेशकुमार बस्नेतले बताए ।

यो पनि पढ्नुहोस्

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका न्यायिक समितिले वडा नं ५ स्थित थली चौरनजिकै आवश्यक प्रक्रिया पूरा नगरी सञ्चालन गर्न खोजिएको पशुपति रिसाइकल इण्डष्ट्रीज प्रालिलाई काम रोक्न आदेश दिएको छ ।

स्थानीय टोलवासी र सँधियारको स्वीकृति नलिई आवश्यक कानूनी प्रक्रियासमेत पूरा नगरी प्लाष्टिक रिसाइकल गर्ने उद्योग सञ्चालन गर्न लागिएकामा स्थानीयवासीको उजुरी र विरोधका कारण सञ्चालन नगर्न आज समितिका संयोजक नगरउपप्रमुख बिन्दु सिम्खडा पुडासैनीको नेतृत्वको इजलासले आदेश दिएको नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ५ का अध्यक्ष राजाराम पुडासैनीले राससलाई जानकारी दिए ।

स्टोर चलाउने भन्दै प्लाष्टिक रिसाइकल गर्ने उद्योग सञ्चालन गर्न खोजेपछि स्थानीयवासीले वडाकार्यालय, नगरपालिकासमेतमा ज्ञापनपत्र बुझाउँदै विरोध जनाउँदै आएका थिए ।

न्यायिक समितिको इजलासमा आज बहस भइरहेका बेलासमेत २०० जनाभन्दा बढी स्थानीयवासीले नगरपालिका घेराउ गर्दै नाराजुलुस गरेका थिए ।

वडाबाट स्वीकृति नै नलिई उद्योगीले टहरा बनाएको पनि वडाअध्यक्ष पुडासैनीले बताए । टहरा बनाइसकेपछिमात्र उद्योगी टहरा निर्माणको स्वीकृत माग्दै वडाकार्यालय पुगेका थिए ।

उद्योगसँग सीमा जोडिएका स्थानीयवासी कर्मा शेर्पा निर्माण शुरु भएदेखि नै उद्योग सञ्चालक आनन्दकुमार अग्रवाल र अजय अग्रवाललाई के बनाउन लागेको भनी सोद्धा स्टोर गर्न टहरा बनाएको सुनाएको बताए ।

टहरा निर्माण सम्पन्न गरेपछि ठूलाठूला यन्त्र झार्न थालेपछि प्लाष्टिक रिसाइकल गर्ने उद्योग बस्तीकाबीच चलाउन लागेको थाहा पाएर त्यसविरुद्ध स्थानीयवासी एकजुट भई विरोधमा उत्रेको उनले बताए ।

उद्योग सञ्चालनका विषयमा वातावरण मन्त्रालयले गोलमटोल भाषामा स्वीकृति दिएको भेटिएको वडाअध्यक्ष पुडासैनीले बताए । उद्योग चलाउन लागिएको स्थानको २०० मिटरभित्र विद्यालय र अस्पतालसमेत छ ।

त्यस स्थानमा उद्योग चलाउन नदिने भन्दै स्थानीयवासीले एक वर्षअघिदेखि विरोध जनाउँदै आएका छन् । उद्योगले वातावरणीय प्रभाव मूल्याङ्कनसमेत नगरेको स्थानीयवासीको गुनासो छ ।


प्रतिक्रिया दिनुहोस