ताजा समाचार

महन्थ ठाकुर फेरि सर्वोच्चमा, यस्तो छ माग

नेप्लिज संवाददाता १५ श्रावण २०७८, शुक्रबार १५:४४ (2 महिना अघि)    २१८ जनाले पढ़िसके

जनता समाजवादी पार्टी (जसपा) का नेता महन्थ ठाकुर फेरि सर्वोच्च अदालत गएका छन् । जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिने निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुर सर्वोच्च अदालत गएका हुन्।

यहि साउनको ११ गते यादव पक्षलाई जसपाको आधिकारिता दिने र आफ्नो पक्षलाई नयाँ दल दर्ता गर्न दिने आयोगको निर्णय बदर गर्न माग गर्दे ठाकुर सर्वोच्च अदालत पुगेका हुन् ।

आयोगले ११ साउनमा जसपा कार्यकारिणी समितिको हेडकाउन्ट गर्दै बहुमत (३४ सदस्य) भएको उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको थियो । १६ जना कार्यकारिणी सदस्य भएको ठाकुर पक्षलाई भने प्रचलित कानून अनुसार नयाँ दल दर्ता गर्न सक्ने भनिएको छ ।

ठाकुरले रिटमा १ असार २०७८ मा आफूले हेरेफेर गरेको कार्यकारिणी समितिलाई मान्यता दिनुपर्ने र त्यसका आधारमा पार्टीको आधिकारिकता निरुपण गर्नुपर्ने मागसमेत गरेका छन् ।

आयोगको निर्णयले आफूहरु अन्यायमा परेकोसमेत ठाकुरले बताउँदै आएका छन् ।


प्रतिक्रिया दिनुहोस