ताजा समाचार

जोगिन्दरले ल्याए ‘ओम बकम्फुसाय नमः’ (भिडियोसहित)

नेप्लिज संवाददाता १४ श्रावण २०७८, बिहीबार १२:५४ (2 महिना अघि)    १२५ जनाले पढ़िसके

काठमाडौं । आगामी भदौ ७ गते परेको गाईजात्रालाई लक्षित गर्दै लोकप्रिय हास्य कलाकार शिव शंकर रिजाल ‘जोगिन्दर’ले यो बर्षको लागि आफ्नो गाईजात्रे कमेडी कोसेली ‘ओम बकम्फुसाय नमः’ ल्याएका छन् ।

देशको समसामयिक राजनीतिक, राजनीतिक दल र विकृति विसंगती प्रति तिखो प्रहार गर्दै उनले ‘ओम बकम्फुसाय नमः’ ल्याएका हुन् । रिजालको यो पटकको गाईजात्रे कोसेलीमा पनि एक प्यारोडी गीत सहित प्रहसन समेटिएको छ । तीन बर्ष बढी सरकारमा बसेर बाहिरिएको ओली सरकारको क्रियाकलापलाई विषयबस्तु बनाएर यो सामग्री तयार पारिएको हो ।

ओएसआर डिजिटलको युट्युब च्यानल मार्फत बुधबार साँझ सार्वजनिक भएको यो सामग्री रिजालको २९ औँ कोसेली हो । दुई दशकदेखि गाईजात्रा पर्वमा नियमित कोसेली ल्याउने गरेका रिजालको यो वर्ष ‘ओम बकम्फुसाय नमः’ नामक गाईजात्रे कोसेली सार्वजनिक भएको हो ।

गाईजात्रे प्रस्तुतिको भिडियोमा रिजालसहित दमन रुपाखेती, शशी बिक्रम थापा, घनश्याम गौतम ‘नक्कली प्रचण्ड’, सुरेश तिमल्सिना ‘नक्कली ओली’, सबु लामिछाने, बेदमणि अधिकारी, प्रेम शर्मा पौडेल, श्रेया दुलाल, शिवराम कार्की, धिरेन्द्र सिंह लगायतको अभिनय रहेको छ । गायिका राधिका हमाल भिडियोमा राष्ट्रपतिको भुमिकामा देखिएकी छन् । भिडियो समेत रमाइलो बनेको छ ।

 


प्रतिक्रिया दिनुहोस