ताजा समाचार

ट्राफिक पुलिसको घरमा सुनको ट्वाइलेट भेटियो, १५ वर्ष जे’ल बस्नुपर्ने (हेर्नुहोस् भिडियोमा)

नेप्लिज संवाददाता १३ श्रावण २०७८, बुधबार १५:५१ (2 महिना अघि)    २५३ जनाले पढ़िसके

काठमाडौं । घुसकाण्ड नेपालमा मात्रै होइन, अरु देशमा पनि व्याप्त बन्दै गइरहेको छ । पछिल्लो एउटा घटनाले सबैलाई आश्चर्य चकित बनाइरहेको छ । रुसी अधिकारीहरुले सयौँ हजार डलरको घुसकाण्डको पर्दाफास गरेका छन् । उक्त काण्डमा कैयन् ट्राफिक प्रहरीहरु संलग्न रहेको खुलाशा भएको छ ।

यतिबेला ट्राफिक पुलिसका प्रमुखको घरमा रहेको शौचालयले सबैको ध्यान तानिरहेको छ । उनको घरमा रहेको उक्त ट्वाइलेट सुनबाट बनेको छ ।

ती पुलिस अधिकारी अलेक्सी सफोनोभलाई हिरासतमा लिइएको द मस्को टाइम्सले जनाएको छ । दोषी प्रमाणित भएमा उनलाई १५ वर्षसम्मको जेल सजायँ हुनेसमेत खबरमा उल्लेख गरिएको छ ।

छानबिन समितिले सफोनोभको भव्य निवासको भिडियो सार्वजनिक गरेको छ । जहाँ घरभित्रको सुनको ट्वाइलेट देखि घरबाहिर पार्किंग गरिएका लक्जरी कारहरु देखिन्छन् ।

उनको घरमा रहेका फर्निचर, भित्ते आर्ट फ्रेम तथा सजावटका सामानहरुमा सुनको व्यापक प्रयोग गरी असाधारण बनाइएको छ । भान्साकोठाको दराज तथा अन्य फर्निचरमा पनि सुनको प्रयोग गरिएको छ ।

गत जुलाई २० मा अपलोड भएको ४९ सेकेण्डको युट्युब भिडियो एक लक्जरी रियल स्टेट विज्ञापन जस्तै देखिन्छ । अहिलेसम्म उक्त भिडियो लाखौँले हेरिसकेका छन् ।

सफोनोभ उनका अन्य ६ सहकर्मी ट्राफिक पुलिसहरुमाथि अवैध रुपमा ठूला सवारी साधन सञ्चालनका लागि व्यवसायीहरुलाई नक्कली अनुमति प्रदान गर्ने र त्यसबापत वार्षिक १ करोड ९० लाख रुसी रुबल घुस लिने गरेको अभियोग छ । यो काण्डमा ट्राफिक पुलिस विभागका कम्तिमा ३५ सदस्य सामेल रहेका विभिन्न संचारमाध्यमले खबर लेखेको छन् ।


प्रतिक्रिया दिनुहोस