ताजा समाचार

नविना केसीको पहिलो तीज गीत सार्वजनिक (भिडियोसहित)

नेप्लिज संवाददाता १२ श्रावण २०७८, मंगलवार १९:०२ (2 महिना अघि)    १६५ जनाले पढ़िसके

काठमाडौं । पछिल्लो पुस्ताकी चर्चित बाल गायिका नविना केसीको पहिलो तीज गीत ‘कर गर्यो मोयाले’ सार्वजनिक भएको छ । गीतमा केसीसहित दिपक बीसी र सर्मिला थहराईको आवाज रहेको छ । म्युजिक भिडियोको निर्देशन खबपु चन्चल मगरले गरेका हुन् ।

भिडियोमा चर्चित कलाकारहरु खबपु चन्चल मगर, बिना बिश्वकर्मा, दिनेश मुस्कान, अन्जु सुनार, दिक्षा घिमिरे, गोपाल भट्टराईलगायतले अभिनय गरेका छन् ।

गीतको शब्द रेखिराम बियोगीले लेखेका हुन् भने लय बेग श्रीपालीको रहेको छ । गीतको संगित संयोजन भने तिलक बलीले गरेका हुन् । तीज विशेष यो गीत सबैलाई नचाउने खालको बनेको छ ।

पश्चिम रुकुममा जन्मीएकी १२ बर्षिय केसीको यसअघि आफ्नै जीवन कथामा आधारित पहिलो गित ‘खुसी गुमे’को सार्वजानिक भईसकेको छ ।

चर्चित कार्यक्रम ईन्द्रणीकी बाल गायिकाको रुपमा समेत चिनिएकी केसीलाई कृष्ण कंडेलले आफ्नै छोरी बनाएर घरमा राख्ने उद्घोषसमेत गरेका छन् ।

निकै मिठो श्वर भएकी केसी प्रत्यक्ष दोहोरी गाउन पनि निकै सिपालु छिन् । नेपालका चर्चित गायकहरु राजु परियार, बद्री पंगेनी, अर्जुन खड्का, छत्र शाही, रविन लामिछाने, मानसिंह खड्का, चन्द्र शर्मालगायतसँग उनले दोहोरी पनि गाइसकेकी छिन् ।

हेर्नुहोस् भिडियोमा


प्रतिक्रिया दिनुहोस