ताजा समाचार

बुद्ध एयरका दुई जहाज ठूलो दुर्घ*ट*नाबाट बच्यो, आकस्मिक अवतरण

नेप्लिज संवाददाता १२ श्रावण २०७८, मंगलवार ०७:१६ (2 महिना अघि)    २९७ जनाले पढ़िसके

काठमाडौं ।  काठमाडौं त्रिभुवन विमानस्थलबाट उडेका बुद्ध एयरका दुई जहाजले आकस्मिक अवतरण गरेका छन् । काठमाडौंदेखि धनगढीका लागि उडेको बुद्धको एक जहाज ल्यानडिङ गिअरको प्राविधिक समस्याले गर्दा बिचबाट फर्किएर काठमाडौं अवतरण गरेको त्रिभुवन विमान स्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले बताए ।

ल्याडडिङ गर्दा गिअरको समस्याको कारण सुरक्षित अवतरणको लागि हिजाे बेलुका ६ बजेर ३ मिनेट जाँदा अवतरण भएको उनले बताए । यसैगरी, अर्को जहाज पनि साँझ ७ बजे काठमाडौंबाट नेपालगन्ज उडेको जहाजमा एक यात्रु बेहोस भएपछि विरामीलाई काठमाडौं नै फिर्ता ल्याइएको उनले बताए ।

यसमा जहाजको प्राविधिक समस्या नभइ यात्रूका कारण फकाईएको उनले बताए ।  उडिरहेको जहाजमा प्राविधिक समस्या आएपछि आकस्मिक अवतरण गरिएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले बताए । उनका अनुसार जहाजमा सवार ६८ यात्रुको काठमाडौँमा सकुशल अवतरण गराई अर्को जहाजमार्फत यात्रुलाई गन्तव्यमा पु¥याइएको छ ।

यस्तै कम्पनीको अर्को काठमाडौँ–नेपालगञ्ज गन्तव्यका लागि उडेको जहाजमा पनि एक यात्रु बेहोस भएपछि काठमाडौँ अवतरण गरी अस्पताल लगिएको कम्पनीले जनाएको छ । जहाजको यकिन समस्या इन्जिनीयरले गर्ने प्राविधिक परीक्षणपश्चात् बाहिर आउने र प्राविधिक प्रतिवेदनका आधारमा मात्रै जहाज उडानमा लगिने कम्पनीले जनाएको छ ।

म्भावित दुर्घटनाको जोखिमलाई दृष्टिगत गर्दै विमानस्थलले जहाज अवतरणका क्रममा सुरक्षा संयन्त्रलाई तैनाथ राखेको थियो ।


प्रतिक्रिया दिनुहोस