ताजा समाचार


काठमाडौंका यी ठाउँमा १८ वर्षमाथिका सबैले जोनसन एण्ड जोनसोनको खोप लगाउन पाउने (तालिकासहित)

नेप्लिज संवाददाता ७ श्रावण २०७८, बिहीबार ०७:१६ (1 हप्ता अघि)    ८२ जनाले पढ़िसके

काठमाडौं । काठमाडौंमा साउन ४ गतेदेखि कोरोना विरुद्धको जोनसन एण्ड जोनसोनको कोरोनाविरुद्धको खोप लगाउने कार्यक्रम भइरहेको छ ।

१ लाख ४६ हजार ५२४ जनालाई यो खोप लगाउने लक्ष्यसहित काठमाडौं महानगरसहित अरु ११ वटा नगरपालिकामा ५५ वटा खोपकेन्द्र मार्फत अभियान चलाइएको थियो । तर लक्ष्यअनुसार खोप लगाउन मानिसहरु नआएपछि १८ वर्ष माथिका सबैजनालाई खोप दिने निर्णय भएको छ ।

जोनसन खोप कार्यक्रम सुरु भएको ३ दिनमा काठमाडौं जिल्लामा ६३ हजार ४९३ जनाले मात्रै खोप लगाएका छन् । सुरुमा ५० देखि ५४ वर्ष उमेरका सबै, नेपालमा बस्दै आएका शरणार्थी, स्वास्थ्यकर्मी तथा अपांगता भएका, जोनसन खोप अनिवार्य गरिएका देशहरुमा जाने व्यक्तिलाई मात्रै जोनसन एण्ड जोनसनको खोप लगाउने भनिएको थियो ।

तर खोप बचेपछि काठमाडौं जिल्लामा १८ वर्षमाथिका सबैलाई खोप दिने निर्णय भएको सरकारी अधिकारीहरुले बताएका छन् । आज काठमाडौं महानगरबाहेक अरु १० पालिकामा सञ्चालित पुरानै खोप केन्द्रबाट जोनसनको खोप दिइने जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्री बहादुर खड्काले बताएका छन् ।

आफुलाई पायक पर्ने ती केन्द्रहरुमा उमेर खुल्ने परिचयपत्र लिई खोप लगाउन जान आग्रह गर्दै उनले खोप केन्द्रहमा अनिवार्य मास्क लगाई दुरी कायम गरि पालैपालो खोप लगाउन भनेका छन् ।

जोनसनको खोप एकपटक लगाए पुग्छ । कोभ्याक्स सुविधामार्फत अमेरिकाले नेपाललाई १५ लाख ३८ हजार खोप उपलव्ध गराएको थियो । जोनसन खोप अभियान देशका विभिन्न स्थानमा चलिरहेको छ ।

आज काठमाडौंका १० पालिकामा २७ वटा खोप केन्द्रहरुमा जोनसनको खोप लगाइदैंछ । तारकेश्वर नगरपालिकाको धर्मस्थली स्वास्थ्य चौकी, मनमैजु स्वास्थ्य चौकी रगोलढुंगा स्वास्थ्य चौकीमो खोप लगाइदैछ ।

यस्तै कीर्तिपुर नगरपालिकाको राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र र विष्णु देवी अस्पतालमा खोप लगाइदैछ । यस्तै गोकर्णेश्वर नगरपालिकामा नेपाल मेडिकल कलेज र शंकरापुर अस्पतालमा यो खोप लगाइदैछ ।

यस्तै टोखा नगरपालिकामा ग्राण्डी अन्रताष्ट्रिय अस्पताल,अल नेपाल अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा खोप लगाइदैछ । यस्तै नागार्जुन नगरपालिकामा रामकोट प्राथमिक स्वास्थ्य केन्द्र र इचंगुनारायण स्वास्थ्य चौकीमा खोप लगाइैछ । यस्तै स्युचाटार स्वास्थ्य चौकीमासमेत यो खोप अभियान चलिरहेको छ ।

यस्तै चन्दागिरि नगरपालिकामा प्राथमिक स्वास्थ्य अस्पताल, शसस्त्र प्रहरी अस्पताल र सतुंगल स्वास्थय चौकीमा खोप अभियान चलिरहेको छ ।

यस्तै शंखरापुर नगरपालिका, लप्सीफेदी स्वास्थ्य चौकी, सँखु स्वास्थ्य चौकी र इन्द्रेणी नगर अस्पतालमा खोप अभियान चलिरहेको छ । यस्तै दक्षिणकाली नगरपालिकामा शेष नारायण स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य चौकी र छैमले स्वास्थ्य चौकीमा खोप लगाइदैछ ।

यस्तै बुढानिलकण्ठ नगरपालिकाको बुढानिलकण्ठ स्वास्थ्य चौकी, करुणा अस्पताल र कागेश्वरी नगरपालिकामा खोप लगाउने काम भइरहेकोछ ।

मुलपानी नगर अस्पताल, बालपोट स्वास्थ्यचौकी र गोठाटार स्वास्थ्यचौकीमासमेत खोप अभियान चलिरहेको छ ।


प्रतिक्रिया दिनुहोस