ताजा समाचार


एकाविहानै दुःखद् खबर ! नुहाउन खोलामा पसेका यी ३ जनाको डुबेर ज्यान गयो

नेप्लिज संवाददाता ७ श्रावण २०७८, बिहीबार ०६:५२ (1 हप्ता अघि)    ७२ जनाले पढ़िसके

बाँके । बाँकेमा नुहाउन भनी खोलामा पसेका तीन किशोरको डुबेर ज्यान गएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं ११ श्रृष्टी टोलका अन्दाजी १६ वर्षीय अरिब जसगढ, १७ वर्षीय अरमान जसगढ र सोही वडाको सदरलाइनका रासिद जसगढको ज्यान गएको जिल्ला प्रहरी कार्यलउ बाँकेले जनाएको छ ।

बुधबार बेलुका ५ बजेतिर कोहलपुर नगरपालिका १० चटारस्थित डुडुवा खोलाको बाँधको नहरमा पौडी खेल्ने क्रममा उनीहरू डुबेर बेपत्ता भएका थिए। खबर पाएपछि खोजी गर्ने क्रममा तीन जनाको शव फेला परेको इलाका प्रहरी कार्यालय कोहपुरका प्रमुख डिएसपी रविन्द्र खनालले बताए ।

थप दुई जनालाई सकुशल उद्धार गर्न सफल भएको भन्दै उनले उनीहरूको अवस्था अहिले सामान्य बन्दै गएको बताए । बिदाको दिनमा एकै उमेर समूहका युवाहरू कपाल काटेपछि घुम्दै जाने क्रममा खोलामा नुहाउन भनेर पसेको खुल्न आएको उनले बताए। सबैको शव पोष्टमार्टमको लागि नेपालगञ्जस्थित भेरी अस्पतालमा लगिएको छ।


प्रतिक्रिया दिनुहोस