ताजा समाचार


अन्ततः माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउन केपी ओली तयार

नेप्लिज संवाददाता ६ श्रावण २०७८, बुधबार २१:२८ (1 हप्ता अघि)    ८९ जनाले पढ़िसके

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार भएका छन् ।पार्टीको केन्द्रिय कमिटी बैठकमा बोल्दै उनले पार्टी एकताका लागि माधव नेपाललाई दोस्रो अध्यक्ष दिन आफू तयार रहेको बताएका हुन् ।

ओलीले बैठकमा भने, ‘हामी एकताका लागि हदैसम्म लचिलो छौं । अन्तिमसम्म पनि एकताका लागि प्रयास जारी राख्छौं ।’ १० बुँदे सहमिति कार्यान्वयमा आफू प्रतिवद्ध रहेको भन्दै उनले एकता भएमा सबै संरचनाहरु २०७५ साल जेठ २ गतेकै अवस्थाबाट क्रियाशील हुने बताए ।

मिल्ने हो भने पार्टी एकता बचाउनका लागि दोस्रो अध्यक्ष दिन आफू तयार रहेको भन्दै उनले तर आफूले यति भन्दा पनि एकताप्रति इच्छा नदेखाएको र अनेक बहाना बनाइरहेको बताए ।

पार्टीबाट आफूहरुलाई निकाल्न केन्द्रिय कमिटीमा बहुमत खोजिएको भन्दै ओलीले त्यसो हुन नदिइने बताए । यस्तै ओलीले आफ्नो राजनीतिक जीव र कम्युनिष्ट आन्दोलन जोगाउनुपर्नेमा जोड दिँदै असन्तुष्ट पक्षलाई एकतामा आउन आग्रह गरे ।

यस्तै उनले सर्वोच्च अदालतको गत असार २८ गतेको फैसला संसदीय व्यवस्थानुकूल नभएको टिप्पणी गर्दै जनताको चाहनालाई कुच्चेर केही नेताले गद्दारी गरेकाले आफ्नो नेतृत्वको सरकार ढलेको बताए ।

उनले भने “मसँग अब अरु आग्रह छैन । म एकताको मोही अझै मथ्दै छु । सकभर सत्ता गठबन्धनमा लागेका सबै पार्टीका नेतालाई आफ्नो राजनीतिक जीवन बचाउन आन्दोलन बचाउन अनुरोध गर्छु”,

पार्टीको नीतिविपरीत नेपाली काँग्रेसका सभापति देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिने नेता माधवकुमार नेपालसहित २२ सांसद्लाई स्पष्टीकरण सोधेको एमालेले त्यसबारे जवाफ आएपछि निर्णय गर्ने एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बताए ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी सो पार्टीको १०औँ केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओली नेतृत्वको निवर्तमान सरकारका उपलब्धि, सर्वोच्च अदालतको असार २८ गतेको फैसला पार्टीको आगामी कार्ययोजना, पार्टीको सुदृढीकरण र शुद्धीकरण अभियानलगायत विषय कार्यसूची रहेका छन् ।

आजको बैठकले संविधानको धारा ७६ ९५० को सरकार बनाउँदा दलीय ह्विप नलाग्ने फैसला गरेकाले उक्त दफालाई संशोधन गर्ने पहल गर्ने निर्णय गरेको प्रवक्ता ज्ञवालीले जानकारी बताए ।

बैठकले ओली नेतृत्वको सरकारले विविध चुनौतीका बीच विकास र समृद्धिका पक्षमा उपलब्धि हासिल गरेको र प्रतिपक्षमा रहेर संविधान, लोकतन्त्र र राष्ट्रियताका सम्बन्धमा सशक्त र प्रभावकारी काम गर्ने निर्णय गरेको छ ।

नेता ज्ञवालीले हालको स्थितिबाट निराश नहुन कार्यकर्तालाई आग्रह गर्दै पार्टीको शक्ति पुनःफर्काइने जनाउनुभयो । अर्को बैठक बिहीबार दिउँसो ३ बजे पुनःबस्नेछ ।

यसैबीच एमालेले नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवस मनाउने भएको छ । अध्यक्ष ओलीको प्रमुख आतिथ्यतामा कायक्रम आयोजना गरी मनाइने एमालेका केन्द्रीय कार्यालयमा सचिव शेरबहादुर तामाङले बताए ।


प्रतिक्रिया दिनुहोस