ताजा समाचार


विप्लव समूहले राखे यस्तो माग, प्रधानमन्त्री देउवाले ‘हुन्छ’ भनेर वचन दिएर पठाए

नेप्लिज संवाददाता ६ श्रावण २०७८, बुधबार २०:०० (1 हप्ता अघि)    १२७ जनाले पढ़िसके

काठमाडौँ । त्रविक्रम चन्द नेतृत्वको नेकपाले प्रधानमन्त्री शेरबहादुर देउवासँग अघिल्लो सरकारसँग गरिएका सहमति कार्यन्वयन गरिदिन आग्रह गरेका छनु ।

प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका विप्लवसहितका नेताहरुसँग प्रधानमन्त्री शेरबहादर देउवाले यसअघिको सरकारले गरेको सहमति कार्यान्वयन गर्ने वचन जनाएका छन् ।

बुधबार प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका चन्द नेकपाका नेताहरूसँग यस्तो प्रतिबद्धता जनाएका हुन् । प्रधानमन्त्री देउवालाई भेट्न चन्दसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा र सचिवालय सदस्य धमेन्द्र बास्तोला बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्रीसँगको छलफलपछि नेता बास्तोलाले सहमति कार्यान्वयन गर्न प्रधानमन्त्रीले सकारात्मक प्रतिक्रिया जनाएको जानकारी गराए । आफूहरुले सहमति कार्यान्वयन गर्नुपर्‍यो भन्ने कुरा राखेको र प्रधानमन्त्री देउवाले भने हुन्छ काम गर्छौ भन्ने जवाफ दिएका विप्लव समूहका नेताहरुले बताएका छन् ।

चन्द नेतृत्वको नेकपाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग तीन बुँदे सहमति गरेको थियो । सहमति भएको साढे चार महिनासम्म पनि प्रतिबन्ध फुकुवा गर्नेबाहेक बन्दी रिहाइ र मुद्दा फिर्ताबारे कुनै काम हुन नसकेपछि विप्लवसहितका नेताहरु सक्रिय भएका हुन् ।


प्रतिक्रिया दिनुहोस