ताजा समाचार


कांग्रेस सांसद अमरेशकुमारले दिए राजीनामा, झोक्किँदै बालुवाटारबाट फर्किए (राजीनामा पत्रसहित)

नेप्लिज संवाददाता ६ श्रावण २०७८, बुधबार १९:१६ (1 हप्ता अघि)    ९९ जनाले पढ़िसके

काठमाडौं । नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले सांसद पदबाट राजीनामा दिएका छन् । क्रियाशील सदस्यता वितरणप्रति असन्तुष्टि जनाउँदै उनले बुधबार प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवालाई बालुवाटार पुगेर राजीनामा पत्र बुझाएका हुन्।

निष्ठावान, गतिशील र पार्टीप्रति समर्पित पुराना कार्यकर्ता र युवाहरुलाई नसमेटेर क्रियाशील सदस्यता वितरण गरेको भन्दै उनले बालुवाटारमै असन्तुष्टि पोखेका थिए ।

नराम्रा छविका र पार्टीसँग अपरिचित व्यक्तिलाई मनोमानी रुपमा क्रियाशील सदस्यता वितरण गरी समायोजन र नवीकरणका नाममा निजी जत्था तयार गर्ने प्रयास भइरहेको गुनासोसहित उनले प्रधानमन्त्री एवम् पार्टी सभापति देउवालाई राजीनामा बुझाएर फर्किएका हुन् ।

पार्टीलाई आफ्नो काबुमा राख्ने निहीत उद्देश्यबाट प्रेरित भइ नेतृत्व तहकै जिम्मेवार नेताबाट गैह्रजिम्मेवार व्यवहार प्रस्तुत हुँदा निष्ठावान कार्यकर्तामा निराशा बढेको उनको भनाई छ ।

प्रदेशमा कांग्रेस पार्टीको स्थिति थप रक्षात्मक अवस्थामा पुग्ने खतरा पैदा गराएको छ। यस्तो स्थितिमा पार्टीको एक जिम्मेवार सदस्यका रूपमा मैले विशेष निर्णय लिनुपर्ने भएको उनको तर्क छ ।

प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएर जिम्मेवार नागरिकका रूपमा जनहितको संरक्षण गर्न सक्रिय हुनु आफ्नो मूल कर्तव्य बनेको उनको भनाइ छ।

यस्तो छ उनको राजीनामा पत्र


प्रतिक्रिया दिनुहोस