ताजा समाचार


बालुवाटारमा प्रधानमन्त्री र गृहमन्त्रीसँग भेटेर विप्लवले यसो भने

नेप्लिज संवाददाता ६ श्रावण २०७८, बुधबार १८:३० (1 हप्ता अघि)    ६७ जनाले पढ़िसके

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । यस्तै उनीहरुले गृहमन्त्री बालकृष्ण खाँडलाईसमेत भेटेका एक नेताले बताए ।

प्रधानमन्त्री र गृहमन्त्रीसँग विप्लवलगायत नेताले भेटवार्ता गरेको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीलाई भेट्न विप्लवसहित खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र धर्मेन्द्र बाँस्तोलालगायत नेताहरू बालुवाटार पुगेका थिए।

भेटका क्रममा विप्लवले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग आफूहरूले गरेका सहमति कार्यान्वयनमा सघाउन आग्रह गरेका छन्।

अघिल्लो सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयनका विषयमा प्रधानमन्त्रीसँग छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। पछिल्लोपटक विप्लवले राजनीतिक भेटवार्तालाई तीव्रता दिएका छन्।

यसअघि विप्लवले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईलगायत नेतासँग भेटवार्ता गरेका थिए।

यस्तै महासचिव विप्लवसहितका नेताहरुले माओवादी केन्द्र त्यागेर एमाले प्रवेश गरेका नेताहरु रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, प्रभु शाहलगायत नेताहरुसँगसमेत छलफल गरेका थिए । पछिल्ला दिनमा नेकपाका महासचिव विप्लवले राजनीतिक भेटवार्तालाई तिब्रता दिँदै आफ्ना मुद्दा र मागबारे कुरा राख्दै आएका छन् ।

 


प्रतिक्रिया दिनुहोस