ताजा समाचार


सांसद पदबाट राजीनामा दिने कांग्रेस सांसद अमरेशकुमारको घोषणा !

नेप्लिज संवाददाता ६ श्रावण २०७८, बुधबार १७:३८ (1 हप्ता अघि)    ९४ जनाले पढ़िसके

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका सांसद अमरेशकुमार सिंहले आफू सांसद पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

क्रियाशील सदस्यता वितरणमा व्यापक रूपमा धाँधली भएको र वर्षौंदेखि कांग्रेसमा काम गर्दै आएका इमान्दार कार्यकर्ताहरू मर्कामा परेको भन्दै उनले आफूले सांसद पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर राजीनामा पत्र बुझाउने उनले बताए ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यल सानेपामा सर्लाही, धनुषा, बारालगायत जिल्लाका नेता तथा कार्यकर्ताहरू दुई सातादेखि अनसन र धर्नामा बसे पनि नेतृत्वले समस्या समाधान गर्न ध्यान नदिएको नेता सिंहको आरोप छ ।

सिंह सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट गत निर्वाचनमा बिजयी भएका थिए। क्रियाशील सदस्यता वितरणको नाममा पार्टीमा काम नगरेका ठेकेदारलगायतलाई क्रियाशील दिइएको भन्दै उनको असन्तुष्टि छ ।


प्रतिक्रिया दिनुहोस