ताजा समाचार


डोनाल्ड ट्रम्पका सहयोगी थोमस जे ब्यरेकलाई प्रहरीले समात्यो, यस्तो छ आरोप

नेप्लिज संवाददाता ६ श्रावण २०७८, बुधबार १३:३० (1 हप्ता अघि)    ६२ जनाले पढ़िसके

काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका लामो समयदेखिका सहयोगी तथा अर्बपति थोमस जे ब्यरेक समातिएका छन् । विदेशी सरकारको एजेन्टका रुपमा प्रस्तुत भएको अभियोगमा उनी लस एन्जलसबाट समातिएका अमेरिकाका विभिन्न संचारमाध्यमले जनाउका छन् ।

७४ वर्षका लगानी फर्मका संस्थाक थोमसले ट्रम्पलाई सन् २०१६ को चुनावमा प्रमुख सल्लाहकारको रुपमा काम गरेका थिए । यस्तै उनी ट्रम्पको चुनावी अभियानका लागि आर्थिक सहयोग गर्ने तथा जुटाउने प्रमुख पात्रका रुपमासमेत सामेल भएका थिए ।

ट्रम्पको चुनावी अभियान र त्यसपछि संयुक्त अरब इमिरेड्सको तर्फबाट उनीहरुको हितको पक्षमा वकालत गरेको थोमसमाथि आरोप लागेको छ ।


प्रतिक्रिया दिनुहोस