ताजा समाचार


वर्षासँगैको बाढीका कारण १२ जनाको ज्यान गयो, अधिकांश घर डुबानमा, कति विस्तापित भए ?

नेप्लिज संवाददाता ६ श्रावण २०७८, बुधबार ०८:२० (1 हप्ता अघि)    १०३ जनाले पढ़िसके

काठमाडौं । नेपालसँग सिमाना जोडिएको चीनमा भारी वर्षा भएको छ । वर्षाका कारण ठुलो बाढी आएको छ । चीनमा आएको बाढीका कारण १२ जनाको ज्यान गएको छ भने हजारँैँ व्यक्ति विस्तापित भएका छन् ।

मध्य चिनको हेनान प्रान्त बाढीबाट बढी प्रभावित भएको छ । दश वटा शहर बाढीको चपेटामा पर्दा त्यहाँका अधिकांश घर डुबानामा परेका छन् ।

दर्जनौ मानिसहरु हराइरहेका छन् । बाढीले सयौं सवारी साधान पुरिएका छन् । बाढी प्रभावितहरुको उद्धारका लागि सयौ उद्धारकर्मीहरु परिचालन गरिएको छ ।

चीनमा बिगत ३ दिनदेखिको भारी बर्षा पछी आएको बाढीले हजारौं घर ध्वस्त भएका छन् । बाढी प्रभावितहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

यो पनि पढ्नुहोस्

मालीका राष्ट्रपति सकुशल

मालीका अन्तरिम राष्ट्रपति कोलोनेल असिमी गोइता मङ्गलबार उनीमाथि भएको ह त्या प्रयासपछि राष्ट्रिय टेलिभिजनमार्फत् देशबासीका नाममा सम्बोधन गर्दै आफू सकुशल रहेको बताएका छन् ।

राजधानी बामाकोमा टेलिभिजनमा बोल्दै उनले भने,“यो आक्रमण मालीमा अस्थिरता चाहने समूहले गराएको र यस्ता समूहले कुनै पनि समय अवाञ्छित क्रियाकलाप गर्नेछन् ।”

गोइताले ओआरटीएम नामक टेलीभिजनमार्फत् भने, “नेतृत्वमाथि यस किसिमका हमला हुने गर्छन् तर यसबाट एउटा कुशल राजनीतिज्ञ डराएर पछि हट्ने कुरा हुँदैन ।”

गोइतालाई मङ्गलबार मस्जिदमा प्रार्थना गर्ने क्रममा आक्रमण गर्ने प्रयास भएको राष्ट्रपतिको कार्यालयले यसपहिले जानकारी गराएको छ ।

उहाँलाई दुई व्यक्तिले आ क्रमण गरेको तर उनी सकुशल रहेको उनको कार्यालयले एएफपीका संवाददातालाई बताएको छ । आक्र मणकारी दुई व्यक्तिमध्ये एकसँग धारिलो ह तियार (चक्कु) भेटिएको पनि स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

अन्तरिम राष्ट्रपति गोइतालाई ईद उल–अधाको इस्लामिक पर्वको लागि गरिएको प्रार्थनाको क्रममा उक्त आ क्रमण प्रयास भएको हो ।

धार्मिक मामिला मन्त्री मामाडो कोनले एएफपीसँग गरेको कुराकानीमा एक व्यक्तिले ‘राष्ट्रपति’लाई च क्कु प्र हार गरी ह त्या गर्न खोजेको पुष्टि गरेका थिए ।

राष्ट्रपतिका सुरक्षा गार्डले उक्त आक्रमणकारीलाई तत्कालै नियन्त्रणमा लिएका थिए भने आरोपि त अन्य एक व्यक्ति घा इते अवस्थामा समातिएका छन् ।


प्रतिक्रिया दिनुहोस